मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

अध्यक्षकै चार उम्मेदवारले पाएनन् भोट दिने अर्का उम्मेदवार

अध्यक्षकै चार उम्मेदवारले पाएनन् भोट दिने अर्का उम्मेदवार

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ड्यालस (टेक्सस) – कतिपय काल्पनिक प्रश्नको जवाफ सहजै दिन सकिन्छ । काल्पनिक विषयलाई कल्पनाभन्दा बाहिरको हो भन्ने ठान्ने हो भने त्यसको जवाफ पनि काल्पनिक रुपमा दिन सोचिरहनु पर्दैन । तर आइतबार ड्यालसमा गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका अध्यक्षका उम्मेदवारहरुले त्यही काल्पनिक प्रश्नको जवाफ दिन पनि निकै अप्ठेरो महसुस गरे । 
नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आइतबार आयोजना गरेको ‘प्रेसिडेन्सिएल डिबेट’ कार्यक्रममा मोडरेटर किरण मरहठ्ठाद्वारा राखिएको एउटा काल्पनिक प्रश्नको जवाफमा कुनै पनि उम्मेदवारले मन खुलाएर अरुलाई विश्वास गर्न आँट गरेनन् । 
अध्यक्षका उम्मेदवारहरु चारैजनालाई एउटै प्रश्न थियो–‘तपाईहरु मध्य एकजनाले बाँकी तीन मध्य अध्यक्षका लागि कोही एकजना चुन्नुपर्ने अवस्था आयो भने कस्लाई छान्नुहुन्छ ?’ 
यो प्रश्न महाकल्पनाको विषय थियो । तर पनि उम्मेदवारहरुले खुल्ला हृदयले उहाँलाई भोट दिन्छु भन्ने आँट गर्न सकेनन् । चारजना मध्य अध्यक्षका उम्मेदवार डा. अर्जुन बञ्जाडेले अलिकति कुटनैतिक जवाफ दिए–किरणजी तपाईलाई मेरो मत दिने अधिकार सुम्पन्छु । तपाईले जस्लाई दिनुहुन्छ मलाई मान्य छ ।’
 
तर अन्य उम्मेदवारहरुले स्पष्ट जवाफ दिन सकेनन् । गोलमटोल जवाफ आयो । एकले अर्कालाई विश्वास नगरेको वा उपयुक्त नठानेको संकेतका रुपमा यसलाई कार्यक्रमका सहभागीहरुले लिएका छन् । सबैजनाले एक अर्कासँगको सामिप्यता, संगठनमा सँगै काम गरेको भन्दै पुग्दा जोडे । तर भोट चाँही ‘उहाँलाई दिन्छु’ भन्ने सकेनन् । 
नेजाले आयोजना गरेको वहशमा सहभागी चारैजना अध्यक्षका उम्मेदवारहरुले आ–आफ्नो चुनावी एजेण्डा प्रस्तुत गर्दै आफ्नो जीत सुनिश्चित रहेको दावी गरेका छन् । डा. अर्जुन बञ्जाडेको ‘उचाई थप्ने’, बुद्धि सुवेदीको ‘मातृभूमि जाँदा भिसा लिनु नपर्ने’, कृष्ण लामिछानको ‘मर्दा र पर्दाको एनआरएन बनाउने’ र तिलक केसीले ‘सिण्डीकेट तोडौँ’ भन्ने मुख्य एजेण्डा राखेका थिए । 
 
चारैजनाले पराजित भएपनि कुनै पनि मुद्धा मामिलामा नलाग्ने र अभियानमा निरन्तर सकृय रहिरहने प्रतिवद्धता व्यक्त गरेका थिए । अध्यक्षका उम्मेदवारहरु चारैजनाले अँकमाल गरेर सुरु भएको कार्यक्रममा झण्डै दुई घण्टासम्म रोष्ट्रममा उभिएर प्रश्नहरुको शालीन रुपमा जवाफ दिएका थिए । जवाफले देखाउँथ्यो–चारैजना उम्मेदवारहरु निकै परिपक्व, खारिएका र शालीन छन् । 
आफ्नो प्रस्तुतीले कार्यक्रममा सहभागीहरुलाई सबैभन्दा बढ्ता प्रभावित भने तिकल केसीले गर्न सफल भएको प्रतिकृया धेरैको थियो । केसीले विषयवस्तुलाई सटीक प्रस्तुती, बुँदागत रुपमा प्रस्तुत, नयाँ सोच र समयसीमा भित्रै प्रस्तुती दिने शैलीलाई धेरैले मन पराए । उनको प्रस्तुतीलाई तालीको गड्गडाहट थियो । 
 
त्यसो त कृष्ण लामिछानेको प्रस्तुती, लामो समयसम्म बिभिन्न संघसंस्थामा सकृय रहेर मर्दा र पर्दा पु¥याएको सहयोगको फेहरिस्तलाई पनि सहभागीहरुलाई निकै शालीन पूर्वक सुनेर ताली बजाए । बुद्धि सुवेदीको एजेण्डालाई सहभागीहरुले गडगडाहट ताली दिए । डा. बञ्जाडेको बौद्धिक प्रस्तुतीले पनि धेरैको मन जितेको थियो । 
एनआरएनका चारहजार एकसय सदस्य रहेका टेक्ससको कार्यक्रममा सहभागी हुन अमेरिकाको पूर्बी तटीय राज्य न्यूयोर्कदेखि पश्चिम तटीय क्यालिफोर्निया, उत्तरको विन्सकन्सिनदेखि दक्षिणको न्यूमेक्सिकोसम्मबाट सयौं सहभागीहरु आएका थिए । आफ्नो पक्षका अध्यक्षका उम्मेदवारले बोल्दा तालीको गडगडाहट दिएका थिए । 
 
कार्यक्रममा पर्यवेक्षक समितिमा रहनुभएका नेपाल पत्रकार महासंघका पूर्ब अध्यक्ष हरिहर विरहीले नेपालका राजनीतिक दलहरुको फेर समातेर अघि बढ्ने प्रवृत्ति लेखिएको उल्लेख गर्दै त्यसले संस्थाको उद्वेश्य पुरा होला भनेर जिज्ञासा राख्नुभएको थियो । चारैजना उम्मेदवारहरुले यो प्रश्नको सैद्धान्तिक जवाफ दिँदै आफुहरुबाट त्यसो नभएको दावी गरेका थिए । 
दुई चरणमा विभाजित कार्यक्रमको पहिलो चरणमा एनआरएन अन्तर्राष्ट्रिय समितिका सचिव गौरीराज जोशी, एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल साह, महासचिव पशुपति पाण्डे लगायतले शूभकामना दिएका थिए । नेजाका अध्यक्ष विकासराज न्यौपानेको सभापतित्वमा भएको कार्यक्रमको दोस्रो चरणमा भने अध्यक्षहरुको वहश राखिएको थियो । 
ग़ैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिका राष्ट्रिय समन्वय परिषदमा नयां नेतृत्वका लागि मे महिनाको अन्तिम साता निर्वाचन हुने भएको छ । एनआरएनए अमेरिका निर्वाचन समितिका अनुसार निर्वाचनका लागि मे २९ र ३० तारिख तोकिएको छ ।  यसमा करिव २० हजार सस्दयता छन् । एनआरएनए अमेरिकका सबै सदस्य मतदाताले अनलाइन मार्फत उक्त दुई दिन मत हाल्न पाउने छन् । नतिजा मे ३१ मा घोषणा हुने छ ।  जुलाई ३ मा नयाँ नेतृत्वले पदभार सम्हाल्ने छ ।