मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

विधान अनुसार गर्न सकिँदैन–निर्वाचन आयुक्त बराल

विधान अनुसार गर्न सकिँदैन–निर्वाचन आयुक्त बराल

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका – गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको निर्वाचनमा एउटा डिभाइसबाट अधिकतम चारजना भन्दा बढीले मतदान गर्न नपाउने वैधानिक व्यबस्था कार्यान्वयन हुन नसक्ने निर्वाचन आयोगले स्पष्ट पारेको छ । 
 
एनआरएन अमेरिकाको विधानको धारा ११६ (बी) मा एउटा डिभाइसबाट बढीमा चारजनाले मात्र मतदान गर्न पाउने प्रावधान छ । डिभाइस भन्नाले कम्युटर/ट्याबलेट/स्मार्टफोन भन्ने बुझ्नुपर्छ । जसबाट अनलाइन मतदान गर्न सकिन्छ । 
 
‘व्यक्तिको गोपनियताको विषय परेको र व्यापक रुपमा कानुनी सल्लाह लिँदा डिभाइस ट्र्याक गर्न कानुनी रुपमा नमिल्ने भएकोले त्यो गर्न नसकिने जानकारी हामीले एनआरएनए अमेरिकाको बोर्डलाई जानकारी गराइसकेका छौं’ प्रमुख निर्वाचन आयुक्त विश्व बरालले भने । विधानमा व्यबस्था भएको यो नीति कार्यान्वयन गर्नका लागि निर्वाचन समितिले आइटी कम्पनीहरुसँग आशयपत्र माग गरेकोमा गैर कानुनी भएकोले कसैले पनि प्रस्ताव पेश नगरेको समेत उनले बताए । 
 
कसैको पनि प्रस्ताव नपरेको र कानुनी विज्ञहरुसँग सल्लाह गर्दा गर्न नहुने ठहर भएकोले डिभाइस ट्र्याक गर्ने कार्य नहुने समेत बरालले जानकारी दिए । विधानमा व्यबस्था भएको प्रावधान कार्यान्वयन नहुँदा अब एउटा डिभाइसबाट जति जनाले पनि मतदान गर्न सक्नेछन् ।
 
‘निर्वाचनको धाँधली रोक्न एउटा डिभाइसबाट चारजना भन्दा बढीले मतदान गर्न नपाउने वैधानिक व्यबस्था छ । अझ पूर्ण रुपमा धाँधली रोक्ने हो भने एक डिभाइस एक मताधिकार हुनुपर्छ’ एनआरएन अमेरिकाका अध्यक्षका उम्मेदवार तिलक केसीले भने । तर आफ्नो भनाईको कतैबाट पनि सुनुवाइ नभएको गुनासो केसीले गरेका छन् ।
 
विधान अनुसार गर्न नसकिने भएपछि सो दफालाई संशोधन गर्नुपर्ने बरालले बताए । ‘यो विषयलाई आउँदो साधारण सभामा पेश गर्नुपर्ने देखिन्छ’ उनले भने । एउटा डिभाइसबाट जति पनि मतदान गर्न पाइने भएपछि आसन्न एनआरएन निर्वाचनमा एकै होटलमा बसेर मतदान केन्द्र जस्तो बनाएर मतदान हुने संभावना बढेको छ ।