मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

यो जन्ती लिएर हिड्ने बेला होइन– तिलक केसी (भिडियो सहति)

यो जन्ती लिएर हिड्ने बेला होइन– तिलक केसी (भिडियो सहति)

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टेक्सस (अमेरिका)- एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष पदका उम्मेदवार तिलक केसीले एउटा उम्मेदवारका पक्षमा लागेर हिड्ने संस्थाका संरक्षक र सल्लाकारलाई तुरुन्त हटाउन माग गरेका छन् ।
 
टेक्ससको ड्यालसमा शनिबार दिउँसो आयोजित चुनावी कार्यक्रममा केसीले भने संरक्षक र सल्लाहकार एउटा पोलिटिकल उम्मेदवारलाई बोकेर हिड्छन् भने तिनीहरु अब किन चाहिए ? म अध्यक्ष सुनिल शाहलाई उनीहरुलाई हटाउन माग गर्छु ।
अहिले सम्म गुट र उपगुटमा चलिरहेको एनआरएनएलाई राम्रो र हाम्रो एनआरएनए बनाउनु पर्छ, उनले भने ।
 
कुनै संरक्षक वा सल्लाहकारले कुनै एक उम्मेदवारलाई बोकेर हिड्छ भने ती किन चाहियो केसीले प्रश्न गर्दै भने यदी यसरी नै चल्ने हो भने सल्लाहकार र संरक्षक आवश्यक छैन । विधानमा सल्लाहकार र संरक्ष्ँकको व्यवस्था राख्नु जरुरी छैन हटाउनु पर्छ ।
 
सिन्डिकेट तोडौ नेपाली जोडौ भन्ने नारा दिई चुनावी अभियान गरिरहेका केसीले अहिलेसम्म एउटा गुट र उपगुटले डार्क रुपमा निर्णय गरेका भरमा एनआरएनए अमेरिका चलिआएको उल्लेख गर्दै भने एउटा ग्रुप र उपगुटले एउटा गोप्य डार्क रुमवाट संस्था चलाउन सक्छु भन्ने सपना सधै देख्नेलाई म चुनौती दिन्छु, यो अब सधैं रहदैंन परिवर्तन हुन्छ । डार्क रुममा वसेर पछाडी बसेर एनआरएनए चलाउने बिरुद्ध मेरो उम्मेदवारी हो ।
जसरी पनि चुनाव जितेर अध्यक्ष वन्ने अभियानमा म छैन उनले भने मैले जुन उद्देश्यले अभियान शुरु गरेको छु यसमा जीत र हार हुदैंन, उद्देश्य मात्र हुन्छ उद्देश्य प्राप्ती मेरो लक्ष्य हो । सधै भरी यसरी एउटा ग्रुपले एउटा उपगुटले संचालन गरेको एनआरएनए, एउटा कालो कोठामा एउटा गुटले निर्णय गर्ने एनआरएनएलाई बाहिर निकालेर साझा एनआरएनए बनाउने मेरो उद्देश्य हो यसकै लागि मेरो उम्मेदवारी हो उनले भने, २ बर्ष लाग्ला ४ बर्ष मेरो उद्देश्य रोकिदैंन मेरो उद्देश्य छ म जन्ती बोकेर हिड्दिन ।
 
यो बेला चुनावका लागि भनेर जन्ती लिएर हिड्दै भोज भतेर गर्ने वेला होइन नेपालमा अक्सिजन सहयोग गर्नु पथ्र्यो । चुनावमा लागेको शक्ति पैसा नेपालमा पठाउन सकेको भए हाम्रा आफन्त बाँच्न सक्थे अहिले एनआरएनएले गर्ने यो कम थियो ।  
 
हामी सिलिण्डर खोजेर नेपाल पठाउने वेला जन्ती लिएर चुनाव प्रसार प्रचारमा जान वाध्य भएका छौ भने एनआरएनएले गर्ने काम गरिरहेका छैनौं यसमा म पनि दोषी हुलां । यसले हाम्रो एनआरएनए कता गईरहेको छ भन्ने देखाउंछ उनले भने ,एनआरएनएलाई यस्तै विपत पर्दा नेपालमा विपत हुदां नेपाललाई सहयोग हुने एनआरएनए वनाउने प्रतिवद्धता गर्छु ।
उनले निर्वाचन समितिलाई स्वच्छ र सफा चुनाव गर्न आग्रह गरे । उनले निर्वाचन प्रकृया प्रति पनि प्रश्न उठाएका छन् । एउटा डिभाइसले ४ वटा भन्दा वढी भोट हाल्न नपाउने व्यवस्था छ उनले भने यदी चार वटा भन्दा वढी भोट हाल्न पाउने भयो भने यो चुनाव स्वच्छ हुदैंन । विद्यान अनुसार नै चल्नु पर्छ । एक डिभाइस एक भोट गर्नु पथ्र्थो, चुनाव एकै दिन तोकिनु पर्थ्यो मैले निर्वाचन समितिलाई भने तर, जुनै रेस्पोन्स आएन ।
 
टेक्ससका समाजसेवी तथा प्रवासी मञ्च अमेरिकाका नेता भीम कार्कीको सभापतित्वमा भएको कार्यक्रममा एएनएका अध्यक्ष विजयराज भट्टराइ, नेपाली समाज टेक्ससका महासचिव भानु खरेल, नेजाका अध्यक्ष विकासराज न्यैापाने, उम्मेदवारहरू बादल भुजेल, चिरन्जिबी भट्टराइ लगायतले शूभकामना व्यक्त गरेका थिए ।