मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनका उम्मेदवारहरु ड्यालस केन्द्रित

एनआरएनका उम्मेदवारहरु ड्यालस केन्द्रित

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ड्यालस (अमेरिका) – गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको चुनावी अभियानको क्रममा उम्मेदवारहरु यतिखेर टेक्ससको ड्यालसमा केन्द्रित भएका छन् । अध्यक्षका चारजना उम्मेदवारहरु शुक्रबारदेखि ड्यालस केन्द्रित छन् ।
 
आइतबार नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले गर्न लागेको ‘प्रेसिडेन्सिल डिबेट’ का लागि उम्मेदवारहरु ड्यालस केन्द्रित भएका हुन् । चारजना उम्मेदवारहरु मध्य तीनजनाले त आफ्नो प्रचारप्रसार तथा अन्तिम चुनावी कार्यक्रमका लागि ड्यालस नै रोजेका छन् ।
 
अध्यक्षका उम्मेदवार तिलक केसीले शनिबार दिउँसो १२ बजे अर्भिङस्थित नेपाली मन्दिरको हलमा अन्तिम कार्यक्रम गर्दैछन् । केसीको पक्षमा माहौल बनाउनका लागि अमेरिकाभरि रहेका उनका समर्थकहरु यतिखेर ड्यालसमा आइसकेका छन् । 
 
त्यस्तै अध्यक्षका अर्का उम्मेदवार डा. अर्जुन बञ्जाडेले शनिबार साँझ अर्भिङकै करीलिफ रेष्टँुरामा चुनावी अभियानको समापन कार्यक्रम गर्दैछन् । कार्यक्रमका लागि बञ्जाडे निकट उम्मेदवारहरु र शूभेच्छुकहरु अमेरिकाभरिबाट टेक्सस आएका छन् । 
 
स्थानीय उम्मेदवार कृष्ण लामिछानेको कार्यक्रम आइतबार दिउँसो १२ बजेदेखि नेपाली मन्दिरमा हुँदैछ । कार्यक्रमको लागि लामिछाने निकट उम्मेदवारहरु ड्यालस आइसकेका छन् । स्थानीय उम्मेदवार भएका कारणले यो कार्यक्रमलाई विशेष बनाउने तयारी लामिछाने समुहले गरेको छ । 
अध्यक्षका अर्का उम्मेदवार बुद्धि सुवेदी भने न्यूयोर्क केन्द्रित भएका छन् । शनिबार सुवेदी समुहले न्यूयोर्कमा कार्यक्रम राखेको छ । शनिबारको कार्यक्रम सम्पन्न गरेर सुवेदी समूह आइतबार नेजाको बहशका लागि ड्यालस आउँदैछन् । 
 
टेक्ससमा एनआरएनका चारहजार भन्दा बढी सदस्य छन् । त्यही कारणले पनि उम्मेदवारहरु आफ्नो चुनावी अभियानको अन्तिम धक्का टेक्ससबाट दिन चाहिरहेका छन् । टेक्ससका मतदाता सदस्यहरुलाई प्रभावित पार्न सकियो भने चुनावी विजय हुने संभावना रहेका कारणले पनि उम्मेदवारहरु टेक्सस केन्द्रित भएका हुन् । 
 
अध्यक्षका उम्मेदवारहरुको एजेण्डा, प्राथमिकताका विषयमा आइतबार साँझ नेजाले वहश चलाउँदैछ । अर्भिङको करिलिफ रेस्टुँरामा साझ ५ बजेदेखि कार्यक्रम हुने नेजाले जनाएको छ ।