मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनए अमेरिकाले आफ्नै भवन वनाउने

एनआरएनए अमेरिकाले आफ्नै भवन वनाउने

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका- एनआरएनए एनसीसी अमेरिकाले आफ्नै भवन निमार्ण गर्ने निर्णय गरेको छ । एनआरएन अमेरिकाको मे १६ मा वसेको बोर्ड बैठकले उक्त निर्णय गरेको हो । 
 
भवन कहां निमार्ण गर्ने उल्लेख छैन । एनसीसी युएसएको आसन्न निर्वाचनमा उठेको मध्ये निर्वाचन खर्च कटाएर बांकी रकम भवन निमार्ण कोषमा राख्ने निर्णय गरेको छ ।

आईसीसीलाई दिनु पर्ने प्रति सदश्यता वापतको ५ अमेरिकी डलर एनसीसी अमेरिकाले आफ्नै भवन निमार्ण गर्न लागेको हुदां नलिन अनुरोध गर्ने पनि बैठकले निर्णय गरेको छ । 

 
बैठकले एनआरएनए अमेरिकाको आउने साधारण सभा न्यूयोर्कमा गर्ने निर्णय पनि गरेको छ । साधारण सभा जुलाई ३ र ४ मा हुने छ । यो साधारण सभाले नयां निर्वाचित कार्यसमितिलाई पदभार हस्तान्तरण समेत गर्ने छ । 
 
साधारण सभा प्रयोजनका लागि चार सदश्य आयोजक कमिटी गठन गरिएको छ । यसमा उपाध्यक्ष विआर लामा कन्भेनर, युवा संयोजक बिनोद रूवाली को-कन्भेनर, पुर्ब क्षेत्रिय समिति सभापति सञ्जीव श्रेष्ठ को-कन्भेनर र न्यूयोर्क च्याप्टर अध्यक्ष रामहरी अधिकारी को-कन्भेनर छन् ।