मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनए अमेरिका चुनाव, लहर छैन

एनआरएनए अमेरिका चुनाव, लहर छैन

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका- गैर आवासिय नेपाली संघ एनसीसी अमेरिकाको चुनावमा उम्मेदवारले निकै दौडधुप गरेपनि अमेरिका वस्ने आम नेपाली समुदायलाई भने प्रभावित पार्न सक्षम देखिएनन् । त्यसैले नेतृत्वका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका चार जना उम्मेदवार मध्ये कसैका पक्षमा पनि लहर आएको छैन । 
 
समुदायका मुद्दालाई प्रभावकारी रुपमा उठाउन नसक्दा निर्वाचन प्रति त्यत्ति उत्साह देखिएको छैन । यो चुनावले पनि गुटवन्दी र सेन्डिकेटलाई वढाउंदै लगेकोमा अनुभव गर्नेहरु छन् । यो राजनीतिक संस्था हो र समुह वनाएर चुनाव लड्ने समुदायमा सकृय मतदाताले भने । 
 
चार जना उम्मेदवार मध्ये कृष्ण लामिछानेले मर्दा र पर्दा समुदायलाई सहयोग गर्न तयार हुने मुद्दा वनाएका छन् । अर्का उम्मेदवार बुद्धि सुवेदीले आमालाई ढोग गर्न नेपाल जांदा कम्तिमा भिसा लिन नपरोस भन्ने मुद्दा उठाएका छन् । डा अर्जुन बञ्जाडेले भने आफु वरिष्ठ उपाध्यक्ष भएकाले अध्यक्षमा आफ्नो दावी स्वभाविक भएको वताउंदै आएका छन् ।  तिलक केसीले चुनावी अभियानको शुरु देखिनै सेन्डिकेट तोडौ नेपाली जोडौ नारा दिएका छन् । 
 
यि चार जना उम्मेदवार मध्ये को कति बलियो छ ? यो भन्न सजिलो छैन । समुदायमा काम गरेकाहरुसंग प्रश्न गर्दा आफ्नै गुटको उम्मेदवारले जित्ने दावी गर्छन । समुदायका कतिपय सदश्यले आईसीसीका रहेका केही जिम्मेवार पदाधिकारी एउटा गुटमा लागेर हिडेंकोमा असन्तुष्ट छन । 
 
एनआरएनए अमेरिका पुर्व अध्यक्ष डा केशव पौडेल, अमेरिकाको कलेजमा पढाउने तथा नेविसंघका पुर्व नेता डा यादव पण्डित लगायतलाई पनि एउटा समुहमा होइन समग्र एनआरएनएको हितका लागि पहल गरे राम्रो हुन्थ्यो भन्नेहरु छन् । 
 
समुहका हिसावले कृष्ण लामिछानेले जित्ने धेरैको अनुमान छ । तर, बुद्धि सुवेदी पनि कमजोर नभएको दावी गर्नेहरु उनको समुहमा छन् । न्युयोर्क र क्यालिफोर्नियामा सुबेदी बलियो भएको बताइन्छ I टेक्ससपनि मतअन्तर धेरै नहुने अबस्था छ I यसले गर्दा मुख्य प्रतिस्पर्धा  लामिछाने र सुवेदी विच नै रहेको देखिन्छ । तेस्रो धारका रुपमा आएका बञ्जाडे र केसीले पनि नतिजा तल माथि पार्न सक्ने आधार दिनेपनि छन् । भोट चार जना विचमा बाडिंदा नतिजा जे पनि आउन सक्ने देखिन्छ । 
 
वरिष्ठ उपाध्यक्षमा कृष्णजिवी पन्त, उपाध्यक्षमा विकास उप्रेती, सुमन थापा, बासुदेव अधिकारी, महासचिवमा विनोद भट्ट सचिवमा द्रोण गौतम, सहकोषाध्यक्षमा विकल ढकाल लगायत प्रतिस्पर्धामा बलियो देखिएका छन् ।