मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

मर्दा र पर्दाका साथी कृष्ण लामिछाने अस्टिनमा

मर्दा र पर्दाका साथी कृष्ण लामिछाने अस्टिनमा

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अस्टिन, टेक्सस। एनआरएनए अमेरिकाको चुनाव जति नजिकिंदो छ, त्यति नै प्रमुख उम्मेदवारहरुको सक्रियता र दौडधुप बढ्दोछ। नेपालीहरुको जहाँ धेरै बसोबास, त्यहीं अध्यक्षका प्रत्यासीहरुको भेटघाट। यसैक्रममा ग्रेटर अस्टिन नेप्लिज सोसाइटी (जिएएनएस-ग्यान्स) को सक्रियतामा एनआरएनए अमेरिकाको आगामी निर्वाचनका उम्मेदवारहरुसंग वुधवार साँझ अस्टिनमा एक चुनावी भेटघाट एवं अन्तर्क्रिया कार्यक्रमम सम्पन्न भएको छ।कार्यक्रममा अध्यक्षका उम्मेदवार कृष्ण लामिछाने सहित केन्द्रीय र स्टेट च्याप्टरका विभिन्न पदका उम्मेदवारहरु सहभागी भएका थिए।
“नेपालीका लागि नेपाली’ भन्ने नाराका साथ चुनावी अभियानमा आफ्ना टिमका साथीहरु सहित होमिएका ‘मर्दा र पर्दाका साथी’ भनेर चिनिने गरेका सामाजिक अभियान्ता लामिछानेले अस्टिनको चुनावी भेटघाट भन्दा पहिले ग्यान्सका पूर्व अध्यक्ष देवराज न्यौपानेको परिवारमा पुगेर सोही दिन देहान्त हुनु भएकी हजुरआमा प्रति श्रद्धान्जली अर्पण गरेका थिए। न्यौपानेको परिवारलाई भेटेरै समवेदना दिएका लामिछानेले कुनै पनि किसिमको सहयोगका लागि तत्परता देखाएका थिए।
 
धेरै ठूलो चुनावी घोषणापत्र बोकेर आफू नहिंडेकोले परिआएको काम गर्ने प्रतिबद्धता दोहऱ्याइरहेका लामिछानेले आफू निर्वाचित भएमा गर्ने कामहरुको फेहरिस्त सुनाए।
-नेपालको सरकार र सांसदहरुसंग आँखामा आँखा मिलाएर प्रवासी नेपालीहरुको मुख्य चासोको विषय एनआरएन नागरिकता र दोहोरो ट्याक्स तिर्नुपर्ने वाध्यताका बारेमा विज्ञ समुह बनाएर वार्ता गर्ने,
-स्टेट च्याप्टरहरुको अगुवाइमा स्थानीय सामाजिक संस्थाहरुसंगको समन्वय,
-सदस्यता वितरणमा आमूल परिवर्तन गर्दै झोला बोकेर सदस्य बनाउँदै हिंड्ने काम रोक्ने र सदस्यता वितरणको जिम्मा च्याप्टरलाई दिने,
-फेडरल/ स्टेट गभर्न्मेण्टबाट नेपाली समुदाय र नेपालका लागि सहयोग जुटाउने लाग्ने,
-जेहेन्दार नेपाली विद्यार्थीहरुलाई स्कलरसिपको व्यवस्थापनमा सहयोग पुऱ्याउने,
-रोजगारीका अवसरहरुका बारेमा नेपाली समुदायलाई आवश्यक सहयोग/समन्वय गर्ने।
एकपटक भोट हालेर सकिन्न भन्दै भोट हालेपछि नेतृत्वमा पुगेकालाई निरन्तर खबरदारी गर्न सुझाएका लामिछाने समुहका उपाध्यक्षका उम्मेदवार विकास उप्रेती, सचिवका उम्मेदवार द्रोण गौतमले नेपाली शैलीको राजनीति गर्ने र नेपाली समाज भाँड्ने काम हुनु नहुनेमा जोड् दिए। पैसा खर्च गरेर चुनाव जित्ने र छ महिना प्रचारमा हिंड्नुपर्ने वातावरण अन्त्य गर्न विशेष सक्रिय हुने प्रतिबद्धता गरेका युवा उम्मेदवारहरुले लामिछानेको नेतृत्वले एनआरएनए अमेरिकालाई साँच्चै नेपालीहरुका लागि चाहिने काम गर्ने बताए।
ग्यान्सका अध्यक्ष भोजराज भट्टको अध्यक्षता र दिपेन्द्र गुरागाईंको संचालनमा सम्पन्न अन्तर्क्रियामा सह-कोषाध्यक्ष पदका उम्मेदवार विकल ढकाल, वोर्ड अफ डिरेक्टर पदका उम्मेदवारहरु क्रमश: दिपक हुमागाईं, श्रीकृष्ण गौतम, कमल सापकोटा, मोहन कुसारी र राम कुमार महतोले कृष्ण लामिछाने र टिमलाई शुभकामना सहित आफ्नो उम्मेदवारीका बारेमा जानकारी गराउँदै आफूहरुलाई भोट दिन अनुरोध गरेका थिए। यसैगरि आइसीसी सदस्यका उम्मेदवारहरु विनोद तिवारी, सिपी पौडेल र ओम भट्टराईले पनि शुभकामना व्यक्त गरेका थिए।
टेक्सस च्याप्टरको अध्यक्ष पदका उम्मेदवार सोफिन थापा, उपाध्यक्ष पदका उम्मेदवारद्वय गङ्गा शर्मार बिर्ख कार्की, सचिव, कोषाध्यक्ष र सहसचिव पदका उम्मेदवारहरु क्रमश:, कृष्ण न्यौपाने, दिलिप वस्नेत र दिपेन्द्र हुमागाईंले पनि अध्यक्षका प्रत्यासी कृष्ण लामिछानेलाई शुभकामना सहित आफ्ना लागि मत मागेका थिए।
 
कार्यक्रममा डा. कमल अधिकारी, प्रा. राजेश्वर निरौला, डा. उपेन्द्र वम, प्रियरन्जन दाहाल, व्यवसायी एवं फिल्म निर्देशक नारायण पुरी, एनआरएनए अमेरिकाका कोषाध्यक्ष वन्धु पोखरेल, ग्यान्सका पूर्व अध्यक्षहरु देवराज न्यौपाने र गेहेन्द्र केसीले पनि लामिछानेको विजयका लागि शुभकामना दिएका थिए।
वक्ताहरुले एनआरएनएले एक पटकको नेपाली संधैको नेपाली भन्ने नारालाई व्यवहारमा लागु गराउन नेतृत्व लिनु पर्नेमा जोड मात्र दिएनन्, एक अर्ब भारतीयलाई नेपाल आउन-जान खुल्ला छ तर हामी त्यही जन्मेकालाई नेपाल जान छेकवार छ, भिषा लिनु पर्ने प्रावधान पटक्कै चित्तो बुझ्दो नभएको गुनासो सुनाए। एनआरएनएको नेतृत्वमा पुग्नेले यस्तो विभेदलाई सल्टाउन काम गर्नु पर्छ भनेर नेतृत्वका लागि अग्रसरहरुलाई झक्झकाउने काम पनि गरेका थिए।