खेलकुद

नयाँ वर्ष कपमा टिम दर्ता गर्न एनेप्लिज हेरिटेज युनियनको आग्रह

नयाँ वर्ष कपमा टिम दर्ता गर्न एनेप्लिज हेरिटेज युनियनको आग्रह


ह्युस्टन, टेक्सस । एनेप्लिज हेरिटेज युनियन (एएचयू)ले ह्युस्टनवासी खेलप्रेमीहरुलाई फुटबल खेलप्रतिको भावनाको कदर गर्दै ‘नयाँ वर्ष कप फुटबल आयोजना २०७८’ मा सहभागी हुन अनुरोध गरेको छ ।  
 
गत वर्ष कोभिड(१९ को कारणले गर्दा प्रतियोगिता सम्पन्न गर्न नपाएको हुँदा यस वर्ष २०७८ मा कोभिड(१९ को लागि जारी भएका नियमभित्र रही यही मई २२ र २९ गते शनिबार दोस्रो एनएचयू नयॉं वर्ष कप फुटबल २०७८ मा सहभागिताको लागि अनुरोध गरिएको हो । 
 
फुटबल प्रतियोगितामा सहभागी हुन इच्छुक टिमले यही मई १५ तारिखभित्र युएस डलर ३५० सहित आआफ्नो टिमको नाम, सम्पर्क व्यक्तिको नाम, मोबाइल नम्बर र इमेलसहित निम्न व्यक्तिहरुसँग सम्पर्क गर्ने व्यवस्था मिलाइएको एनेप्लिज हेरिटेज युनियन (एएचयू)ले जनाएको छ । 
 
जनार्दन शर्मा (जेके) को मोबाइल नम्बर ३७४७५८७८४६, हिमाल पँगेनीको मोबाइल नम्बर २८१८१८२४७४, कर्ण बोगटीको मोबाइल नम्बर ३४६४०१३१६८, परशुराम शर्माको मोबाइल नम्बर २८१६६२०६१४ र बाबुराम बस्यालको मोबाइल नम्बर ८३२७६२७८८० मा सम्पर्क गर्न सकिने व्यवस्था गरिएको एएचयूले जनाएको छ ।

शेयर गर्नुहोस:

729
Shares