मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

ह्युस्टन र ड्यालसमा नेपाली राजदूतावासको घुम्ति कन्सुलर सेवा

ह्युस्टन र ड्यालसमा नेपाली राजदूतावासको घुम्ति कन्सुलर सेवा

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टेक्सस (अमेरिका) – नेपाली दूतावास वासिङ्गटन डिसीको आयोजना तथा गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिका टेक्सस च्याप्टरको संयोजनमा ह्युस्टन र ड्यालसमा घुम्ती शिविर हुने भएको छ ।
 
घुम्ति कन्सुलर सेवाको स्थानीय आयोजक मध्ये एक एनएएचका अध्यक्ष डा. विष्णु नेपालले हिमालय खबरलाई जानकारी गराए अनुसार यो पटक टेक्ससमा नेपालीहरुको बसोबास बढी भएका ठूला सहरहरु ह्युस्टन र ड्यालसमा नेपाली राजदूतावासबाट दिइने सेवाहरुलाई स्थानीय स्तर मै दिने उद्देश्यले स्थानीय संस्थाहरुसंगको समन्वयमा घुम्ति शिविर संचालन हुन लागेको हो। घुम्ति शिविर यही मे महिनाको १४ र १५ मा ड्यालस स्थित नेपाली मन्दिरमा हुनेछ भने ह्युस्टनमा मे १६ र १७ (आइतवार र सोमवार) मा ६३०१ रिचमण्ड एभेन्यूमा हुनेछ।
 
नेपाली राजदूतावासले यस्तै किसिमको सेवा टेक्ससको राजधानी सहर अस्टिनमा गत वर्ष नै संचालन गरिसकेको छ भने हालै मात्र पनि सोही प्रकारको सेवा शिकागो सहरमा पनि सम्पन्न भइसकेको छ।
 
“स्थानीय संस्थाहरुसंगको समन्वयमा स्थानीय स्तरमा नै राजदूतावासले प्रदान गर्ने सेवा दिने व्यवस्थाले धेरै नेपालीहरुलाई सहज भएको छ। यसले राजदूतावासप्रतिको आस्था र विश्वास बढाउन सहयोग पुग्दछ, शिविर आयोजननका लागि सहयोग गरिरहेका नेपाल पर्यटन बोर्डका अवैतनिक जनसम्पर्क प्रतिनिंधि जगदिश काफ्लेले बताएका छन्।
 
ह्युस्टनमा हुने घुम्ति शिविरमा सेवा लिनका लागि समय लिइसकेका डा. विजय झा राजदूतावासले ह्युस्टनमै आएर सेवा दिन लागेकोमा निकै खुसी भएका छन्। “यसले कैयन नेपालीहरुको समय र पैसा दुबैको वचत गरेको छ। वासिङ्टन डिसीस्थित राजदूतावास मै गएर भएपनि बनाउनु पर्ने केही कागजातहरु अहिले घर छेउ मै बनाउन पाउने भएको छु। राजदुतावासले दिने यस्तो सेवा नेपाली समुदाय सम्मै पुगेर दिन राजदूतावास र स्थानीय नेपाली संस्थाहरुले गरेको अगुवाइको हामीले प्रशंसा गर्नु पर्छ”, डा.झाको भनाई छ।
 
घुम्ति कन्सुलर शिविरबाट प्रवाह हुने सेवाहरु : 
क) राहदानी नविकरण (डिसेम्बर २०२१ सम्म बहाल अवधि रहेकाहरुले नविकरण गर्न सक्ने)
ख) गैर आवासीय नेपाली परिचयपत्र (NRN ID)
ग) अधिकृत वारेसनामा (Power of Attorney)
घ) कागजात प्रमाणिकरण (Attestation)
ङ) एकतर्फी यात्रा अनुमतिपत्र (One-way Travel Document)
छ) पर्यटक भिषा (Tourist Visa)
 
उल्लेखित सेवाहरु प्राप्त गर्न आवश्यक कागजात, शुल्क र प्रक्रियाबारे जानकारीको लागि राजदूतावासको वेबसाइट  https://us.nepalembassy.gov.np को होमपेजमा रहेको “Consular Services” मेनुमा गई हेर्नुहुन राजदुतावासले अनुरोध गरेको छ।
 
महामहिम राजदुत डा. युवराज खतिवडासंग अन्तर्क्रिया :
नेप्लिज एशोसियसन अफ ह्युस्टनले महामहिम राजदुत डा. युवराज खतिवडालाई ह्युस्टनका नेपालीहरुको तर्फबाट स्वागतका साथै महामहिमसंग स्थानीय नेपालीहरुको अन्तर्क्रिया कार्यक्रम पनि आयोजना गर्ने भएको छ।

आइतवार ५.३० बजे साउथवेस्ट फ्रिवेस्थित एनएएचको कार्यालयमा महामहिम राजदुतसंगको अन्तर्क्रिया आयोजना गरिएको अध्यक्ष डा. नेपालले जानकारी गराएकाछन्। विभिन्न पेशा र तप्काका नेपालीहरुलाई सो कार्यक्रममा सहभागी भएर आफ्नो सहरमा आउनु भएका महामहिम राजदूत र दूतावासका अन्य अधिकृत कर्मचारीहरुलाई स्वागत गर्न अध्यक्ष नेपालले नेपाली समुदायलाई अपील समेत गरेका छन्।

 
घुम्ति कन्सुलर सेवाका लागि राजदूतावासको वेवसाइटमा गएर प्राप्त निर्देशन अनुरुप सेवा लागि नाम दर्ता गर्नु हुन समेत आयोजकहरुले अनुरोध गरेका छन्।