मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल नेपाली   

बुद्दि सुवेदी समुहवाट दश हजार डलर सहयोग

बुद्दि सुवेदी समुहवाट दश हजार डलर सहयोग


शेयर गर्नुहोस:

864
Shares

  • change font
  • change font
  • change font

अमेरिका । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिकाको आसन्न निर्वाचनमा अध्यक्षका प्रत्यासी बुद्दि सागर सुवेदीको समुहले नेपालमा कोरोना कहरले निम्त्याएको स्वास्थ्य संकटका बीच सहयोग गर्न गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्ले सुरु गरेको सहयोग सकंलन अभियानमा १० हजार डलर सहयोग गर्ने भएको छ । 
 
बुद्दिसागर सुवेदीको नेतृत्व क्षमतालाई विश्वास गरी चुनावी अभियानमा लागेका विभिन्न पदका उम्मेद्वारहरुबीचको विहिवारको वैठकले एनआरएनए अमेरिकाले सुरु गरेको गो फन्ड मि मार्फत सहयोग गर्ने निर्णय गरेको हो । 
 
मातृभुमी नेपालमा दु:ख पर्दा, हामीलाई पनि पिडा हुन्छ । अध्यक्ष पदका प्रत्याशी एवं हालका उपाध्यक्ष सुवेदीले भन्नुभयो यस्तो पिडाको समयमा हामीले आ आफ्नो क्षेत्रवाट जति सकिन्छ त्यति सहयोग गर्नुपर्दछ । 
 
गैर आवासीय नेपालीहरुले यो बेला कसरी सहयोग गर्न सकिन्छ भन्ने बारे हामी सबैले छलफल गरी सहयोगी हात अघि बढाउनुपर्ने सुवेदी बताउनुहुन्छ । 
 
आवश्यक अन्य सहयोगका कार्यका लागि पनि तयार रहने निर्णय गर्दै सुवेदीलाई सहयोग गर्ने र उहाको नेतृत्व प्रति विश्वास गरी अघि बढिरहेका अन्य पदका उम्मेद्वारहरु सम्मिलित वैठकले  थप सहयोग जुटाउन र अन्य खालका सहयोग गर्नका लागि एनआरएनए अमेरिकासगको समन्वयमा अमेरिकी निकायहरु सग आवश्यक समन्वय गर्न रकेट बैज्ञानिक राजिव श्रेस्ठ र  कोभिड–१९ मा अत्यन्तै सक्रिय र प्रभावकारी रुपमा काम गरि अनुभव बटुल्नुभएका डा. प्रकाश श्रेस्ठ लाई त्यसका लागि  पहल गर्न जिम्मेवारी समेत दिएको छ । 
 
त्यस्तै, अमेरिका स्थित विभिन्न विश्व विद्यालयमा अध्ययनरत बिद्यार्थीहरु सम्पर्क गर्दै के कस्तो सहयोग गर्न सकिन्छ सहयोग संकलन गर्नको लागि  वैठकले अनुप खनाललाइ जिम्मेवारी प्रदान गरेको छ ।

शेयर गर्नुहोस:

864
Shares