मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

ड्यालस र ह्युस्टनमा दूतावासको घुम्ती शिविर हुँदै

ड्यालस र ह्युस्टनमा दूतावासको घुम्ती शिविर हुँदै

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टेक्सस (अमेरिका) – नेपाली दूतावास वासिङ्गटन डिसीको आयोजना तथा गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिका टेक्सस च्याप्टरको संयोजनमा ड्यालस र ह्युस्टनमा घुम्ती शिविर हुने भएको छ ।
 
ड्यालसमा आउँदो मे १४ र १५ तारिक ड्यालसमा घुम्ती शिविर हुनेछ । त्यस्तै मे १६ र १७ तारिक ह्युस्टनमा शिविर हुने एनआरएनए टेक्सस च्याप्टर अध्यक्ष राजेश अर्यालले जानकारी दिए । ड्यालसमा नेपाली समाज टेक्सस र ह्युस्टनमा नेप्लिज एसोसिएसन अफ ह्युस्टनको संयुक्त आयोजनामा कार्यक्रम हुनेछ । 
 
ड्यालसमा अर्भिङस्थित नेपाली मन्दिर तथा ह्युस्टनमा ६३०१ रिचमण्ड एभेन्यूमा शिविर हुनेछ । 
 
यो शिविरमा नेपाली राहदानीको नविकरण, एनआरए कार्ड, पावर अफ एटर्नी, कागजात प्रमाणिकरण, एकतर्फी यात्रा अनुमतिपत्र र नेपाल जानका लागि पर्यटक भिसा लिन सकिने समेत अर्यालले जानकारी दिए । नेपाली पासपोर्ट  लिन र नविकरण गर्न नेपाली दूतावास डिसीसम्म पुग्नुपर्ने अवस्था छ । शिविरमा यी सबै प्रकारका सेवाहरु उपलव्ध हुने भएकोले त्यहाँ जान नपर्ने जनाइएको छ ।
 
शिविरबाट हुने सेवा र वृस्तृत जानकारीका लागि एनआरएन टेक्सस च्याप्टरका अध्यक्ष लगायत पदाधिकारीहरु तथा ड्यालस र ह्युस्टनका स्थानीय संस्थाहरुमा सम्पर्क राख्न समेत अर्यालले अनुरोध गरेका छन् ।