मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनए अमेरिका निर्वाचन करिव ४५० को उम्मेदवारी पर्यो

एनआरएनए अमेरिका निर्वाचन करिव ४५० को उम्मेदवारी पर्यो

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका- एनआरएनए एनसीसी अमेरिकामा आउने कार्यकालका लागि विभिन्न पदमा करिव ४५० जनाको उम्मेदवारी परेको छ । अध्यक्षका लागि पांच जनाको उम्मेदवारी परेको छ । 
 
एनआरएनए अमेरिकाको कार्यसमिति, विभिन्न राज्यका च्याप्टर, आईसीसीमा अमेरिकाका वाट प्रतिनिधित्व गर्ने आईसीसी सदश्यका लागि हुन लागेको चुनावमा मंगलवार उम्मेदवारी दिने अन्तिम समय थियो । उम्मेदवारका लागि करिव एक साता नाम फिर्ता लिने समय छ । 
 
अध्यक्ष पदका लागि कृष्ण लामिछाने, बुद्धि सुवेदी, डा अर्जुन बञ्जाडे, तिलक केसी र सुर्य (साल) लम्सालले उम्मेदवारी दिएका छन् । वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष लगायत विभिन्न पदमा पनि प्रतिस्पर्धा हुने भएको छ । 
 
उम्मेदवार कति हुन्छन यो भने अझै एकिन भएको छैन । मंगलवार सांझ प्राविधिक कारणले केही मिनेट उम्मेदवारी दिने सर्भरमा समस्या आएको थियो । जसका कारण उम्मेदवारी  दिने क्रममा रोकावट आएको थियो । 

उम्मेदवारी दिन चाहने कोही पनि नछुटुन भन्ने उद्देश्यले निर्वाचन समितिले वुधवार केही घण्टाका लागि उम्मेदवारी दिन सक्ने व्यवस्था गर्न लागेको छ । सर्भरमा प्राविधिक समस्या आयो त्यही भएर वुधवार केही घण्टाका लागि उम्मेदवारी दिने समय खुला गरिने छ निर्वाचन समितिका एक सदश्यले हिमालयखवरलाई वताए ।

निर्वाचन समितिले मंगलवार सांझ पनि यस आशयको सुचना प्रेसित गरेको थियो ।