मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

बुद्धिसागर सुबेदीको टिम कोलोराडोमा

बुद्धिसागर सुबेदीको टिम कोलोराडोमा

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोलोराडो (अमेरीका)- गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको चुनाव प्रचार प्रसार कार्यक्रममा अध्यक्षका प्रत्यासी तथा बर्तमान कार्यसमितीका उपाध्यक्ष बुिद्धसागर सुबेदी लगायत उनका टिमबाट कोलोराडोमा सदस्य भेटघाट तथा अन्र्तरकृया कार्यक्रम सम्पन्न भयो ।
 
नेपाली जनसम्पर्क समिती अमेरिकाका उपाध्यक्ष धर्मराज श्रेष्ठको प्रमुख आतिथ्यतामा कोलोराडोको बु्रमफिलमा सम्पन्न कार्यक्रममा स्थानिय संघ संस्थाका प्रतिनिधी, गन्यमान्य, बुद्धीजिवी, ब्यवसाही, कलाकार, पत्रकार तथा सर्वसाधारणको उल्लेख्य उपस्थिती रहेको थियो ।
कार्यक्रममा बिशिष्ट अतिथी आशनबाट बोल्दै बुद्धिसागर सुबेदीले आफु सानै उमेरदेखी नेपालमा बिभिन्न संघ संस्थामा रहेर समाज सेवा गर्दै आएको यहां पनि समाजसेवा गर्न तयार भएर अगाडी बढेको बताए । उनले समाजसेवा गर्न समय, साधन र श्रोत अत्याबश्यक पर्ने हुनाले आफु यि सबै आधारभुत आवश्यकताको जोहो गरेर अघिसरेको र अन्य प्रत्यासिहरुलाई पनि त्यसैगर्न सल्लाह दिए । सुबेदीले आफु च्याप्टरको अध्यक्ष हुदै यहासम्म आएको हुनाले संस्थालाई सुद्रिढ बनाउन के गर्नु पर्दछ भन्ने अनुभव भएको दावी गरे । उनले एनआरएनलाई समावेशी, पारदर्शि, गतिशिल तथा सशक्त बनाउनुपर्ने भन्दै आनो उक्त लक्ष्य हासिलगर्न युवा तथा महिलाहरुलाई अगाडी बढाउने योजना रहेको बताए । त्यसैगरी उनले दोहोरो नागरिकता, टिपीएस, असाईलम, हरेक स्टेटमा नेपाल र नेपालीको पहिचाहन दिने सामुदायिक भवन लगायत धेरै समस्याहरुमा कामगर्नुपर्ने आवश्यकता रहेको प्रष्ट्याए ।
त्यसैगरी कार्यक्रममा बरिष्ठ उपाध्यक्षका उमेद्धार बिआर लामा, उपाध्यक्षका उमेद्धारहरु गोपेन्द्र भट्टराई, डिलु पराजुली, सुरेन्द्र मल्ल, रामहरी अधिकारी, महा सचिवका उमेद्धार अन्जनकुमार चौलागाई, सचिव पदका उमेद्धार अनुप खनाल, महिला सचिव उमेद्धार तारा मरहठ्ठा, कोषाध्यक्ष उमेद्धार राजिव श्रेष्ठ, साथै बोर्डअफ डाईरेक्टरका उमेद्धारहरुमा प्रदिप  पौड्याल, सन्तोष पाहाडी, कोलोराडोबाट बोर्डअफ डाईरेक्टरमा उमेद्धारी घोषणा गरेका साबु गदाल, प्रेमकाजी श्रेष्ठ, राज ढु¨ाना, आरसीसीका पश्चिमी क्षेत्रका उमेद्धार देवराम ओली लगायतका उमेद्धारहरुले आ—आना धारणा राख्दै अध्यक्ष पदका उमेद्धार सुबेदीको कार्ययोजना नै हाम्रो कार्ययोजना भएको बताएका थिए ।
यसैगरी सोही कार्यक्रममा हाल कोलोराडो च्याप्टरका सचिव नवराज न्यौपानेले कोलोराडो च्याप्टरको अध्यक्ष पदमा , बोर्ड मेम्बर गायीका रीमा गुरुङ हाडाले उपाध्यक्ष पदमा र अर्जुन बगालेले कोलोराडो च्याप्टरको सचिव पदमा उमेद्धारी दिने घोषणा गरी आफुहरुलाई भोट हालेर जिताउन सबैलाई अनुरोध गरेका थिए । त्यस्तै सोही कार्यक्रममा शिरिस कुवरले पनि कोलोराडो च्याप्टरको अध्यक्ष पदमा उमेद्धारी घोषणा गरेका थिए । 
 
कोलोराडो च्याप्टरका अध्यक्ष कुमारजंग कार्किको अध्यक्षतामा सम्पन्न कार्यक्रममा च्याप्टरका महिला संयोजक दिपा भट्टराईले स्वागत मन्तब्य दिएकी थिईन भने , सरिता गुरुङ र कोलोराडो च्याप्टरका पूर्व अध्यक्ष तथा एनआरएन अमेरिकाको बोर्डअफ डाईरेक्टरका उमेद्धार राज ढु¨ानाले कार्यक्रम संचालन गरेका थिए । 
कार्यक्रमका प्रमुख अतिथी धर्मराज श्रेष्ठ, अनेसास वोर्ड अफ ट्रष्टी उपाध्यक्ष पदम बिश्वकर्मा, अनेसास पूर्व केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र गदाल,  नेपाली घरका अध्यक्ष लछुमन राना, संखुवासभा समाजका अध्यक्ष शान्ति श्रेष्ठ, कोलोराडो अमेरीकाका सद्भावना दूत तथा एनआरएन अमेरिकाको बोर्ड अफ डाईरेक्टर उमेद्धार साबुगदाल लगायतका बक्ताहरुले कार्यक्रममा शुभकामना मन्तब्य दिदै बुद्धिसागरको टिमलाई जिताउन सबैलाई अनुरोछ गरेका थिए । 
कार्यक्रममा रकी माउन्टेण्ड फ्रेण्डस अफ नेपालका अध्यक्ष बिनोद त्रीपाठी, बरिष्ठ कलाकार कृष्णमुरारी ढु¨ेल, नायक नवराज श्रेष्ठ, ब्लड डोनर्स अफ अमेरिका कोलोराडो च्याप्टर अध्यक्ष श्रीराम लुईटेल, संखुवासभा अमेरिका जनसम्पर्क समिती अध्यक्ष बिनोद गौली सहभागी थिए  । त्यसेगरी  रकी माउन्टेण्ड फ्रेण्डस अफ नेपालका पूर्व अध्यक्ष श।रद आचार्य, नेपाली घरका उपाध्यक्ष जगदिशचन्द्र ढकाल, ब्लड डोनर्स अफ अमेरिका केन्द्रिय सदस्य टिका पौड्याल, समाजसेबी रमेश गुरुङ, नेवा समाजका उपाध्यक्ष श्याम श्रेष्ठ, नेवा खःलका अध्यक्ष तथा एनआरएन अमेरिकाको बोर्ड अफ डाईरेक्टर पदका उमेद्धार प्रेमकाजी श्रेष्ठ लगायतका ब्यक्तिहरुको उपस्थिती रहेको थियो ।