मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनको अधिवेशन तथा साधारण सभा अनलाइन गर्नेबारे परराष्ट्र मन्त्रालयलाई पूर्वजानकारी गराउनुपर्ने

एनआरएनको अधिवेशन तथा साधारण सभा अनलाइन गर्नेबारे परराष्ट्र मन्त्रालयलाई पूर्वजानकारी गराउनुपर्ने

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका । गैरआवासीय नेपाली संघको अधिवेशन तथा साधारण सभा अनलाइनमार्फत् गर्ने हो भने परराष्ट्र मन्त्रालयलाई जानकारी गराउनुपर्ने भएको छ । नेपाल सरकार परराष्ट्र मन्त्रालयले एनआरएनको नाममा जारी गरेको पत्रमा सो उल्लेख गरिएको छ । 
 
एनआरएनको विधान २००३ को संशोधन २०२१ को प्रमाणीकरणको बारेमा जानकारी गराउँदै मन्त्रालयले गैरआवासीय नेपाली संघले गर्ने महाधिवेशन तथा साधारण सभा अनलाइनमार्फत गर्ने हो भने मन्त्रालयलाई पूर्वजानकारी गराउनुपर्ने र त्यसको मन्त्रालयले अनुगमन गर्ने उल्लेख गरेको छ । 
 
गैरआवासीय नेपाली संघको विधान संशोधन प्रस्तावलाई मन्त्रिस्तरीय निर्णयबाट प्रमाणीकरण गर्दै एनआरएनको संशोधन विधान नेपालको प्रचलित कानुनसँग बाझिएमा नेपालको कानुनअनुसार हुने व्यवस्था हुने उल्लेख गरिएको छ ।  
  
एआरएनको विधानको दफा ३५ मा पहिलेदेखि नै यो व्यवस्था लागू भइआएको थियो । मन्त्रालयका सहसचिव भरतकुमार रेग्मीद्वारा हष्ताक्षरित पत्रमा गणपुरक संख्यासम्बन्धी व्यवस्था पुरानै कायम गरिएको छ । 
 
गैरआववासीय नेपाली संघले आफ्नो विधान संशोधनसम्बन्धी प्रावधानको बारेमा मन्त्रालयलाई २०७७ साल माघमा पत्राचार गरेको थियो । मन्त्रालयले सोही पत्रका आधारमा एनआरएनको विधान संशोधन स्वीकृत गरेको हो ।  
 
एनआरएनले आफ्ना गतिविधिका बारेमा नेपाल सरकार परराष्ट्र मन्त्रालयलाई जानकारी गराउनुपर्ने नियम छ ।