मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालमा थप २६६ मा कोरोना भाइरस सङ्क्रमण

नेपालमा थप २६६ मा कोरोना भाइरस सङ्क्रमण


काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप २६६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ ।
 
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार ५३६ जनाको स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । 
 
आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७८ हजार २१० पुगेको छ । त्यस्तै पछिल्लो समय थप १०२ निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७३ हजार ३४२   रहेको छ । निको हुने दर भने ९८ दशमलब ३ प्रतिशत रहेको छ । 
 
अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ८३२ रहेको छ । उनीहरुमध्ये ६४ जना क्वारेन्टिनमा छन् भने अन्य आइसोलेशनमा रहेका छन् । हालसम्म नेपालमा २२  लाख ८२  हजार ८२४  को पिसिआर परीक्षण भएको छ । त्यस्तै तीन हजार ३६ जनाले कोरोनाको कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । 
 
काठमाडौँ उपत्यकामा पछिल्लो समय १३६ मा कोरोना सङ्क्रमण देखिएको छ । जसमा काठमाडौँमा ९८, ललितपुरमा २६, भक्तपुरमा १३, चितवनमा ३७ र कास्कीमा १९ रहेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा दुईको मृत्यु भएको छ भने चारको मृत्यु पुष्टि भएको छ । रासस