अमेरिका । ग़ैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिका राष्ट्रिय समन्वय परिषदमा नयां नेतृत्वका लागि मे महिनाको अन्तिम साता निर्वाचन हुने भएको छ । एनआरएनए अमेरिका निर्वाचन समितिका अनुसार निर्वाचनका लागि मे २९ र ३० तारिख तोकिएको छ ।
एनआरएनए अमेरिकका सबै सदस्य मतदाताले अनलाइन मार्फत उक्त दुई दिन मत हाल्न पाउने छन् ।
नतिजा मे ३१ मा घोषणा हुने छ । जुलाई ३ मा नयाँ नेतृत्वले पदभार सम्हाल्ने छ ।
प्रमुख निर्वाचन कमिसनर विश्वनाथ बरालका अनुसार निर्वाचन कार्यक्रम भने अप्रिल ६ तारिकबाटै शुरु हुने छ । अप्रिल ६ मा एनआरएनए सदस्य मतदाताको अन्तिम सुची दिनु पर्ने मिती तय गरिएको छ ।
मतदानमा सहभागी हुन करिव २१ हजारले आवेदन दिएका छन् । तर, यस मध्ये झण्डै ६ हजार हट्न सक्ने संभावना रहेको छ ।
एनआरएनए अमेरिकामा केही साता अघि देखिनै चुनाव भने लागिसकेको छ । विभिन्न पदका उम्मेदवारहरु अहिले प्रचार प्रसारमा छन् ।
एनआरएनए अमेरिका विदेशमा बस्ने नेपालीको हितका लागि लविंग गर्ने एनआरएनएको राष्ट्रिय अंग हो । एनआरएनएले विदेशमा वस्ने नेपालीको नागरिकताको निरन्तरता, लगानी सहजीकरण जस्ता विषयमा लविगं गर्दै आएको छ । एनआरएनए अमेरिका ठुलो रािष्ट्रय समन्वय परिषद मध्येमा पर्छ ।
विस्तृत निर्वाचन तालिका निम्न अनुसार छ:
प्रतिक्रिया