मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

समाज भाँड्न होइन, जोड्न एनआरएनए अमेरिकाको आगामी चुनावका लागि उम्मेदवारी

समाज भाँड्न होइन, जोड्न एनआरएनए अमेरिकाको आगामी चुनावका लागि उम्मेदवारी

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ह्युस्टन (अमेरिका)- गैर आवासीय नेपाली संघ ( एनआरएनए) अमेरिकाको चुनाव नजिंकिंदै गर्दा संभावित उम्मेदवारहरुले उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ।
 
आइतवार बृहत्तर ह्युस्टनको रिचमण्डस्थित पशुपति मन्दिरमा पनि त्यस्तै उम्मेदवारी घोषणाको रौनकता थियो। गत बर्ष कोरोना महामारी शुरु भए यता मन्दिरमा त्यति ठूलो जमघट भएको पहिलो पटक हो।
 
यस अघिका चुनाव र एनआरएनए राजनीतिमा खासै सक्रिय नदेखिएको टेक्ससकै सबभन्दा ठूलो सहर ह्युस्टनमा यो पटक भने चुनावी चहल पहल निकै बढिसकेको छ। स्थानीय एनआरएनए गतिविधि ह्वात्तै बढ्नुमा ह्युसटनबाट एनआरएनए अमेरिकाको सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका द्रोण गौतमको मुख्य भूमिका रहेको छ। यस अतिरिक्त गङ्गा शर्मा र कृष्ण न्यौपानेले टेक्सस च्याप्टरका लागि उम्मेदवारी दिने घोषणा गरेकाले पनि ग्रेटर ह्युस्टनमा एनआरएनए सम्वन्धि चासो बढेको हो। यो पटक ह्युस्टनबाट सदस्यता लिनेहरुको संख्या समेत निकै बढोत्तरी भएको पाइएको छ।
सामाजिक सञ्जाल फेसबुकबाट उम्मेदवारी घोषणा गरिसकेका गौतम, शर्मा र न्यौपानेले आइतवार पशुपति मन्दिरमा आयोजित एक कार्यक्रममा औपचारिक उम्मेदवारी घोषणा गरेका हुन्। यही आइतवार सम्पन्न औपचारिक उम्मेदवारी घोषणा कार्क्रममामा द्रोण गौतमले एनआरएनए अमेरिकाको सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् भने गङ्गा शर्मा र कृष्ण न्यौपानेले क्रमश टेक्सस च्याप्टरको अध्यक्ष र सचिव पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।
 
फेसबुक मार्फत सचिव पदमा आफ्नो उम्मेदवारी घोषणा गर्दा नै आफूले उठान गरेका विषयहरुले एनआरएनए सम्वन्धि चासो राख्ने धेरैको ध्यान खिचेका ह्युस्टनका सामाजिक अगुवा गौतमले ‘अमेरिकामा बसेर नेपाली राजनीति नगरौं, नेपाल मै गरिने जस्तो राजनीति यता गरेर समाज भाँड्ने काम गर्नु भन्दा हाम्रा नीजि गतिविधीलाई अमेरिकी मुलधारको राजनीतिसंग नजिक हुने गरि तारतम्य मिलाउन सके हामी र हाम्रा सन्तन्तीलाई मात्र नभएर मातृभूमि नेपाललाई समेत फाइदा हुन्छ’ भन्ने भनाइलाई उम्मेदवारी घोषणाका बेला समेत दोहऱ्याएका थिए।
गौतमले एनआरएनए अमेरिकाको नेतृत्वको एजेण्डालाई सघाउने, गैरआवासीय नेपाली नागरिकताका विषयमा आवश्यक समन्वय/ सहकार्य लगायत स्थानीय संघ-संस्थाहरुसंगको सहकार्यका लागि थप पहल गर्ने सहितको एजेण्डा अघि सारेका छन्। अध्यक्ष सहित प्रमुख पदमा उम्मेदवारी घोषणा गरिसकेका एनआरएन अगुवाहरुले समेत गौतमले उठान गरेका विषयहरुप्रति सहमति जनाएकाले उनको एजेण्डाले थप सकारात्मक वहस बढाउने निश्चित छ।
 
यसैगरी टेक्सस च्याप्टरमा उम्मेदवारी घोषणा गरेका शर्मा र न्यौपानेले पनि स्थानीय संघ-संस्थाहरुसंगको सहकार्य र एनसीसीको समन्वयमा स्थानीय नेपालीहरुका हितमा काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन्।
अमेरिकी-नेपालीहरुको उल्लेखनीय उपस्थितिमा ह्युस्टनको तर्फबाट भएको संयुक्त उम्मेदवारी घोषणाले धेरैको ध्यान खिचेको छ र चुनावी वहसमा अब ह्युस्टन पनि जोडिएको छ। एनआरएनए अमेरिकाको चुनावमा चासो राख्नेहरुको मात्र होइन, प्रमुख पदमा उम्मेदवारी दिएका उम्मेदवारहरु स्वयम् ह्युस्टनको उम्मेदवारी घोषणामा उपस्थित भएकाले उनीहरुको प्राथमिकता ह्युस्टनका एनआरएनहरु तिर पनि छ भन्ने प्रष्ट्याएको छ। ह्युस्टन बाहिरबाट कार्यक्रममा सहभागी अध्यक्षका उम्मेदवार कृष्ण लामिछाने, वरिष्ठ उपाध्यक्षका उम्मेदवार कृष्ण जीवि पन्त, महासचिवका उम्मेदवार विनोद भट्ट, आइसीसी सदस्यमा उम्मेदवारी घोषणा गरेका अमृत कट्टेल सहित कैयन केन्द्रीय तथा च्याप्टर स्तरीय पदहरुमा उम्नेदवारी दिएका व्यक्तिहरुको सहभागिताले ह्युस्टन अब एनआरएन राजनीतिमा अगाडि देखिन थालेको देखिएको छ।
ह्युस्टनका साझा उम्मेदवारहरुलाई शुभकामना दिनेक्रममा एनआरएनए अमेरिकाका उपाध्यक्ष एवं आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार कृष्ण जीवी पन्त र महासचिवका उम्मेदवार विनोद भट्टले एनआरएनए अमेरिका हामी सबै गैर आवासीय नेपालीहरुको हक हितका लागि काम गर्ने संस्था बनाउने जिम्मा नेतृत्वको हुने बताएका छन्। ह्युस्टनका नेपालीहरुको एकता र राजनीतिक खिचातानी विहीन सामाजिक गतिविधि देखेर अधिकांश वक्ताहरुले आफ्नो शुभकामना मन्तव्यका क्रममा खुसी व्यक्त गरेका थिए। एनएएचका अध्यक्ष डा. विष्णु नेपाल, एनएका अध्यक्ष विजय भट्टराई, हिमालय खबरका सल्लाहकार सम्पादक वरिष्ठ पत्रकार तारा बराल, ह्युस्टनका लागि पर्यटनदूत जगदिश काफ्ले, एनआरएनए टेक्सस च्याप्टरका सचिव सोफिन थापा, एनएसटीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र वाग्ले, लगायत आगामी चुनावमा उपाध्यक्ष पदमा उम्मेदवारी दिएका विकास उप्रेती, महिला सचिवको उम्मेदवार श्रद्धा अधिकारी, बोर्ड अफ डिरेक्टर पदका उम्मेदवार श्रीकृष्ण गौतम, अनेसास, ह्युस्टन च्याप्टर अध्यक्ष बासु पौडेल, एनएएचका पू्र्व अध्यक्ष डा. राजेन्द्र श्रेष्ठ, गुल्मी समाजका उपाध्यक्ष लक्ष्मण भण्डारी, एनएचएयूका अध्यक्ष बाबुराम वस्याल लगायतले ह्युस्टनका तिनै जना उम्मेदवारहरुलाई शुभकामना सहित आफ्नो उम्मेदवारी प्रति ह्युस्टनका एनआरएन मतदाताहरुको समर्थनको अपेक्षा समेत गरेका थिए।
स्थानीय एनआरएन उम्मेदवार भन्दा केन्द्रीय पदाधिकारीका लागि आकाङ्क्षीहरुको ठूलो उपस्थिति रहेको उम्मेदवारी घोषणा कार्यक्रममा अध्यक्षका उम्मेदवार कृष्ण लामिछानेले ह्युस्टनका साझा उम्मेदवारहरुलाई एनआरएन अभियानमा सहभागी हुन अग्रसर भएकोमा शुभकामना दिनुका साथै आफ्नो उम्मेदवारी समग्र गैर आवासीय नेपालीहरुका लागि काम गर्न राजनीतिक खिचातानी रहित एनआरएनए अमेरिकाका लागि भएकाले समग्र ह्युस्टनवासीको सुभेच्छा र सहयोग पाउनेमा विश्वस्त रहेको बताए। ‘एनआरएनए अमेरिकाको राष्ट्रिय समन्वय परिषदमा ह्युस्टनको प्रतिनिधित्वको लागि उम्मेदवारी दिनु निकै सकारात्मक पहल हो’, लामिछानेले भने। टेक्सस च्याप्टरको नेतृत्वका लागि समेत ह्युस्टनबाट उम्मेदवारीका लागि अग्रसर भएका दुबै उम्मेदवारलाई धन्यवाद दिंदै लामिछानेले आवश्यक परे अन्य आकाङ्क्षीहरुसंग समन्वय गरेर अगाडि बढ्न अनुरोध गरेका थिए।
 
एनआरएनए अमेरिकाका गतिविधिहरु नेपाली राजनीतिबाट प्रभावित हुने वा नहुने भन्ने यसको नेतृत्व गर्ने व्यक्तिको कार्यशैली र व्यवहारले धेरै हदसम्म निर्धारण हुने निश्चित छ। अध्यक्षमा दाबेदारी गरिरहेका डालासका सामाजिक अगुवा कृष्ण लामिछानेले आफू निर्वाचनमा विजयी भए अहिले सुनिने गरिएका गुनासाहरु आउन नदिने प्रतिबद्धता गरेका छन्।
गैर आवासीय नेपालीहरुका स्थापित साझा एजेण्डा कार्यान्वयन गर्न नेतृत्व दिन सक्ने र नेपाली समुदायमा परिचित उम्मेदवारहरुले जित्ने परिस्थित बन्दै गरेको आगामी एनआरएनए अमेरिकाको चुनाव नेपाली समाज भाँड्ने होइन, जोड्ने प्रयास गर्ने उम्मेदवारहरुले जित्नु पर्दछ र एनआरएनएको नेतृत्व नेपाली समुदायप्रति बढी उत्तरदायी हुनु पर्दछ भन्ने एनएएचका अध्यक्ष विष्णु नेपाल तथा वरिष्ठ पत्रकार तारा बरालको भनाइ प्रति पनि प्राय सबै वक्ताहरुको सहमति रहेको थियो। नेतृत्वका दावेदारहरुले डा. नेपाल र बरालले भनेकै कुरा दोहऱ्याउँदै भनेका छन्— अब एनआरएनएलाई खोज्ने होइन, एनआरएनएले खोज्नेछ।
ह्युस्टन साझा नेपाली मंचले संयोजन गरेको संयुक्त उम्मेदवारी ह्घोषणा कार्यक्रम ह्युस्टनका सक्रिय एनआरएन अभियानकर्मी सतिश त्रिपाठीले संचालन गरेका थिए। कार्यक्रमको शुरुमा नेपाली मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दिनकर अमात्य तथा सृजनशील नेपाली समाजका पूर्व अध्यक्ष उमापति भुसालले सहभागी तथा उम्मेदवारहरुलाई स्वागत गरेका थिए।
अब पनि एनआरएनएलाई नेपाली शैलीको राजनीतिबाट टाढा राखिएन भने अधिकांश नेपाली- अमेरिकनहरुको लागि एनआरएनए चासोको विषय रहने छैन भन्ने कुरा बुझ्न एनआरएनएको आगामी नेतृत्वले ढिला गर्नु हुँदैन।