मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनए अमेरिकामा सदश्य छानविनका लागि उच्चस्तरीय समिति

एनआरएनए अमेरिकामा सदश्य छानविनका लागि उच्चस्तरीय समिति

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एनआरएनए अन्तराष्ट्रिय कार्यकारी सचिवालय आईएसले एनआरएनए अमेरिकाको सदश्यता विवाद सल्टाउन उच्चस्तरीय समिति गठन गरेको छ । आईसीसी उपाध्यक्ष सोनाम लामाको संयोजकत्वमा समिति गठन भएको हो । 
 
समितिको अन्य सदश्यमा आईसीसीका उपाध्यक्ष रविना थापा, सचिव गौरीराज जोशी, सल्लाहकार हरिबोल भण्डारी, एसि शेर्पा अमेरिकाज् क्षेत्र क्षेत्र संयोजक राजन त्रिपाठी र उपसंयोजक आरसी पोख्रेल सदश्य छन् । 
 
यो समितिले एनआरएन अमेरिकाको २०२१/२३  कार्यकालका लागि बनेका सदश्यको छानबिन गरेर अन्तिम निर्णय गर्ने छ । 
 
एनआरएनए अमेरिका भित्र सदश्यता विवाद नयां होइन । विगतका चुनावमा सदश्य विवाद चर्को रुपमा उठ्दै आएको छ । गत चुनावमा २०९३ लाई प्रकृया नपुगी सदश्य वनाईएको भन्ने विवाद अमेरिकाको अदालत सम्म पुगेको थियो । 
यस पटक एनआरएनए अमेरिकामा २१ हजारले सदश्यता लागि आवेदन दिएका छन् । 
 
निर्वाचनका वारेमा पुन विवाद 

एनआरएनए अमेरिकाको निर्वाचनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका एक जना उम्मेदवारले आउने कार्यकालका लागि स्वच्छ निर्वाचन गर्ने हो भने एनआरएनए अमेरिका निर्वाचन संयोजकले राजिनामा दिनु पर्ने माग गरेका छन् । 
 
लसएञ्जल्समा आयोजित एक चुनावी कार्यक्रममा अध्यक्ष पदमा चुनाव उठ्ने घोषणा गरेका कृष्ण लामिछानेले निर्वाचन संयोजक विश्व बरालले आचार संहिता विपरित एक जना उम्मेदवार हुने घोषणा गरेका व्यक्तिको पक्षमा लागेको आरोप लगाउंदै राजिनामा माग गरेका हुन् ।
 
एनआरएनए अमेरिका निर्वाचन संयोजक बराल नर्थ क्यारिलोनामा आयोजित एक जना उम्मेदवारको कार्यक्रममा सहभागिता जनाएको आरोप लागेको छ । प्रमुख निर्वाचन संयोजकले यसरी कार्यक्रममा जांदा निर्वाचन स्वच्छ हुन्छ भन्नेमा शंका उत्पन्न भएको लामिछानेले वताए । 
 
लामिछानेले एनआरएनए अमेरिकाका प्रमुख संरक्षक डा केशव पौडेलले पनि एक जना उम्मेदवारको चुनावी कार्यक्रममा सहभागिता हुन आपत्तिजनक रहेको वताए । प्रमुख संरक्षक पौडेलले पनि राजिनामा दिनु पर्ने लामिछानेले माग गरेका छन् ।