मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

छानविन प्रतिवेदन भन्छ एनआरएनए अमेरिकाको सदश्यतामा प्रमाणिकरण गम्भिर मुद्दा

छानविन प्रतिवेदन भन्छ एनआरएनए अमेरिकाको सदश्यतामा प्रमाणिकरण गम्भिर मुद्दा

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका- एनआरएनए अमेरिकाज क्षेत्र संयोजकले नेतृत्व गरेको छानविन प्रतिवेदनले 
 
एनआरएनए राष्ट्रिय समन्वय परिषद अमेरिका (एनआरएनए अमेरिका) मा सदश्यता रजिष्ट्रेशन, नेतृत्व चयनमा सहभागी हुने मतदाता र यसको प्रमाणिकरण गभ्भिर मुद्दा भएको देखाएको छ । 
 
गत निर्वाचनमा मतदाताका रुपमा सहभागी भएको २०९३ जनाको सदश्यता प्रमाणिकरण हुन नसकेको उक्त प्रतिवेदनको ठहर छ । 

अमेरिका क्षेत्रका क्षेत्रिय संयोजक राजन त्रिपाठीको संयोजकत्वमा वनेको पांच सदश्य उक्त समितिले यस वारेमा आईसीसीलाई नियमअनुसार आवश्यक निर्णय लिन पनि सिफारिस गरेको छ ।
 
एनआरएनए अमेरिका भित्र सदश्यता विवाद नयां होइन । यसवारेमा अदालतमा मुद्दा समेत विचाराधिन छ । यो विवादमा के गर्ने भन्ने पत्ता लगाउन उक्त छानविन समिति गठन भएको थियो । यसलाई आईसीसीले पनि मान्यता दिएको थियो । समितिले तिन साता अधि आफ्नो प्रतिवेदन आईसीसीमा पठाएको हो । 
 
प्रतिवेदनमा एनआरएनए अमेरिकाको सदश्यतामा भएको कैफियतलाई हटाउन सही र उचित निर्णय लिने छ भन्ने उल्लेख छ । 
 
प्रतिवेदन तयार पार्ने क्रममा एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल शाह, पुर्व अध्यक्ष, निर्वाचिन समितिका संयोजकले आवश्यक सहयोग नगरेको पनि आरोप लगाईएको छ । 
 
एनआरएनए अमेरिकाको नयां नेतृत्वका लागि विभिन्न पदमा धमाधम उम्मेदवारी घोषणा भईरहेको वेला यो प्रतिवेदन आईसीसीमा वुझाईएको हो । एनआरएनए अमेरिकाले भने यो छानविन समितिको औचित्यमा प्रश्न उठाएको थियो । एनआरएनए विद्यान सम्वन्धि सुझावमा एनआरएनए अमेरिकाले क्षेत्रिय संयोजकको पद नै आवश्यक नरहेको समेत सुझाव दिएको थियो । यो प्रतिवेदनका वारेमा आईसीसीले कुनै निर्णय गरेको छैन ।
 
एनआरएनए अमेरिकामा गत निर्वाचनका लागि ९ हजार १७४ सदश्य भएका थिए । जसमा विवादित २०९३ पनि पर्छन । 
 
२०९३ लाई कुनै प्रकृया नपुर्याई सदश्यता वनाईएको प्रतिवेदनको दावी छ । 
 
 हेर्नुहोस पुरा प्रतिवेदन