मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

लामिछानेद्वारा एनआरएनए अध्यक्षमा उम्मेदवारीको घोषणा

लामिछानेद्वारा एनआरएनए अध्यक्षमा उम्मेदवारीको घोषणा

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ड्यालस (टेक्सस) – गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको अध्यक्ष पदमा टेक्ससका कृष्ण लामिछानेले उम्मेदवारी दिने घोषणा गरेका छन् ।
 
नेपाली समाज टेक्सस, नेपाली जनसम्पर्क समिति अमेरिका, ड्यालस एभरेष्ट लायन्स क्लब लगायत महत्वपूर्ण संस्थामा रहेर नेतृत्व गरिसकेका लामिछानेले आइतबार अपरान्ह एक कार्यक्रमबीच आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । संसारका ८० भन्दा बढी देशहरुमा कृयाशील एनआरएनको राष्ट्रिय समितिहरु मध्य सदस्य संख्याका आधारमा एनआरएन अमेरिका सबैभन्दा ठूलो संस्था हो । एनआरएनए अमेरिकामा झण्डै २१ हजार सदस्यहरु छन् ।
एनआरएनए अमेरिकाको अध्यक्ष पदका लागि लामिछाने समेत चार जना आकांक्षीहरु देखिएका छन् । यस अघिनै तिलक केसी र बुद्धि सुवेदीले आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् । एनआरएनए अमेरिकाका वर्तमान वरिष्ठ उपाध्यक्ष डा. अर्जुन बञ्जाडे पनि आकांक्षीका रुपमा चर्चामा छन् । उनले सामाजीक सञ्जालहरु मार्फत उम्मेदवारी दिने संकेत गरेका छन् । तर औपचारिक रुपमा घोषणा गर्न भने बाँकी छ । 
लामिछानेले एनआरएनएलाई ‘मर्दा र पर्दाको साथी’ बनाउने योजनाका साथ आफ्नो उम्मेदवारी घोषणा गरे । ‘च्याप्टरहरुलाई शक्तिशाली बनाउने, महिला र युवाहरुको सकृयता बढाउने, स्थायी सचिवालयको व्यबस्था गर्ने, सहमति र सहकार्यका आधारमा अघि बढ्ने मेरो प्रमुख एजेण्डा हो’ उनले आफ्नो एजेण्डा प्रस्तुत गर्दै भने । 
‘वास्तवमा मेरो एजेण्डा भनेकै एनआरएन आइसिसीका नीति, कार्यक्रमहरुलाई पुरा गर्नु हो । तर स्थानीय रुपमा अमेरिकामा रहेका नेपाली समुदायको हितका लागि आइपर्ने सबै खालका कामहरुमा म पछि हट्नेछैन’ उनले भने । उनले आफू विजयी भएमा दुई वर्षको अवधि पुरै संस्थाका लागि छुट्याएको पनि घोषणा गरे । 
 
‘मैले आउँदो दुई वर्ष एनआरएनएका लागि छुट्याइसकेको छु’ उनले भने–‘तर व्रिफकेश बोकेर भने हिँड्दिन ।’
 
पछिल्लो समयमा नेपाली समुदायमा घरेलु हिंसाका घटनाहरु बढ्दै गएको र त्यसको समाधानका लागि एनआरएनको तर्फबाट परामर्श सेवा लगायतका कार्यक्रमहरु अघि बढाउन जरुरी रहेको, दोहोरो नागरिकता र कर सहितका मुद्धामा एनआरएन आइसिसीसँग सहकार्य गरेर अघि बढ्ने समेत बताए । 
टेक्ससबाटै अध्यक्षमा दुई जनाले इच्छा दर्शाएपछि स्थानीय नेपाली समुदायको तर्फबाट मिलेर जान सुझाव दिइएको छ । यो सन्दर्भमा लामिछानेले आफू सहमतिमा आउन तयार रहेको स्पष्ट पार्दै भने–‘उहाँहरु एनआरएनए अमेरिकाको अध्यक्षभन्दा माथिल्लो पदमा जान विधानतः योग्य र सक्षम हुनुहुन्छ । उहाँहरुको योगदान त्यहाँबाट हुनसक्छ । म सहयोग गर्न तयार छु ।’ लामिछानेको संकेत अध्यक्ष पदका अर्का आकांक्षी डा. बञ्जाडे प्रति लक्षित थियो । 
 
सोही कार्यक्रममा एनआरएन आइसिसीका सचिव गौरीराज जोशीले एनआरएन अमेरिका अहिले लगानी, सदस्य संख्याका आधारमा सबैभन्दा ठूलो संस्था भएको बताए । ‘हालै काठमााडैंमा १० अर्बको कोष खडा गर्ने निर्णयमा अमेरिकाको तर्फबाट ५० करोडको प्रतिवद्धता जाहेर भएको छ । यो खुशी र गर्वको विषय हो’ उनले भने । 
सो कार्यक्रममा लामिछानेको उम्मेदवारी प्रति समर्थन गर्दै र शूभकामना व्यक्त गर्नेहरुमा डा. मुरली अधिकारी, डा. प्रेम अधिकारी, विजयराज भट्टराई, रामकुमार सुवेदी, स्वराज खाती, बिष्णु सुबेदी, वेदराज बस्नेत, हरिबोल भण्डारी, होम गौतम, उमा कार्की थापा, श्रद्धा अधिकारी, सुनिता कँडेल, जेनी पाठक, अमृत सापकोटा, ओजेश उप्रेती, सुन्दर कर्माचार्य, माला महत लगायत दुई दर्जन व्यक्तित्वहरु थिए । 
समाजसेवी मुकुन्द ढुंगानाको सभापतित्वमा कार्यक्रममा अमेरिकाका बिभिन्न स्थानमा बस्दै आएका नेपालीहरुले लामिछानेको उम्मेदवारी प्रति समर्थन जनाउँदै शूभकामना सन्देश पठाएका थिए ।