मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल नेपाली   

एनआरएनएको सुदुर पश्चिम प्रदेश मोबाइल ब्लड बैंकलाई अफ्रिकाका धनाढ्य डा सुधीरबाट अढाई लाख सहयोग

एनआरएनएको सुदुर पश्चिम प्रदेश मोबाइल ब्लड बैंकलाई अफ्रिकाका धनाढ्य डा सुधीरबाट अढाई लाख सहयोग


शेयर गर्नुहोस:

3.1k
Shares

  • change font
  • change font
  • change font

लेगोस (नाइजेरिया)। गैरआवासीय नेपाली संघको दोश्रो मोबाइल ब्लड बैंक बस परियोजनाका लागि अफ्रिकाका प्रख्यात उधोगपती डा. सुधीर रुपारेलियाले दुई लाख पचास हजार सहयोग गरेको जानकारी एनआरएनएका पुर्व कोषाध्यक्ष हिक्मत थापाले दिएका छन । एनआरएनएले  सम्पुर्ण आधुनिक सुबिधा सहितको घुम्ती ब्लड बैंक बस रक्त संकलनमा सहयोग पुर्याउने लक्ष्य साथ यस अघि  चितवन रेडक्रसलाई  हस्तान्तरण गरिसकेको छ भने अबको दोश्रो बस सुदुर पश्चिम प्रदेशका लागि कैलाली रेडक्रस , धनगढीलाइ हस्तान्तरण गर्ने योजना बनाएको छ । 
 
युगान्डाका उधोगपती डा.रुपारेलिया पुर्वी अफ्रिकाकै सबै भन्दा धनी ब्याक्ती  हुन भने नेपालका तर्फबाट युगान्डाका लागि मानार्थ बाणिज्य दुत पनि हुन । नेपाल र नेपालीलाई  असाध्यै माया गर्ने रुपारेलिया अफ्रिकाका नेपालीलाई अप्ठ्यारो पर्दा सधै सहयोग र संरक्षण गरि रहेका हुन्छन । 
 
करिब ६१ लाख कर छुट सहित  खरिद मुल्य पर्ने उक्त दोश्रो बसको लागि हाल एनआरएनएले संसार भरबाट सहयोग संकलन जुटाइ रहेको छ । एनआरएनहरु , सहयोगी दाताहरु विशेषत डायस्पोरामा रहेका सुदुर पश्चिम समाजहरु यस अभियानमा  क्रियाशिल छन । हालसम्म बीस लाख भन्दा बढीको सहयोग प्रतिबद्धता जुटी सकेको छ र सहयोग संकलन  अभियान तिब्र रुपमा संचालन भइ रहेको  छ  ।

शेयर गर्नुहोस:

3.1k
Shares