मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

पहिलो टेस्टः न्युजिल्यान्डद्वारा पाकिस्तान १०१ रनले पराजित

पहिलो टेस्टः न्युजिल्यान्डद्वारा पाकिस्तान १०१ रनले पराजित


न्युजिल्यान्ड । न्युजिल्यान्डमा सम्पन्न पहिलो टेस्ट क्रिकेटमा न्युजिल्यान्डले भ्रमणकारी टोली पाकिस्तानलाई रोमाञ्चक ढङ्गबाट १०१ रनले पराजित गरेको छ । 
 
न्युजिल्यान्डविरुद्ध सशक्त प्रतिरोध गरेको पाकिस्तानी टोली अन्तिम दिनको अन्तिम सत्रमा २७ बल बाँकी छँदा अलआउट भएको थियो । खेल बराबरी हुन्छ वा न्युजिल्यान्डले जित्छ भन्ने अन्यौलकै बीच न्युजिल्यान्ड विजयी भएको हो ।
 
पाकिस्तानका पुछारको क्रमका खेलाडीहरु शाहिन अफ्रिदी र नासिम शाहले झण्डै सात घन्टा क्रिजमा बिताएका थिए । तर, कमजोर प्रकाशमा भएको खेलमा पाकिस्तानको प्रतिरोध आखिरमा न्युजिल्यान्डका स्पिनर मिचेल सान्टनरले नासिमलाई “कट एन्ड बोल्ड” गरेर समाप्त पारिदिएका थिए । 
 
यसअघि फवाद आलम र मोहम्मद रिजवानबीच पनि पाँचौं विकेटका लागि १६५ रनको महत्त्वपूर्ण साझेदारी भएको थियो । तर, यो जोडीलाई कायले जेमिसनले तोडेका थिए । 
 
जेमिसनले रिजवानलाई ६० रनमा आउट गरेका थिए भने निल वाग्नरले १०२ रन बनाएका आलमलाई आउट गरेका थिए । पाकिस्तानले दोस्रो इनिङमा अल आउट हुँदै २७१ रन मात्र बनाएको थियो । 
 
न्युजिल्यान्डले पहिलो इनिङमा ४३१ तथा दोस्रो इनिङमा १८० रन बनाएर जितका लागि ३७३ रनको चुनौती दिएको थियो । जबकि पाकिस्तानी टोली पहिलो इनिङमा २३९ र २७१ रनमा अल आउट भएको थियो । 
 
यो जितसँगै दुई खेलको यस टेस्ट शृंखलामा न्युजिल्यान्ड १–० ले अघि भएको छ । अर्को टेस्ट खेल जनवरी ३ देखि क्राइस्टचर्चमा सुरु हुनेछ । एजेन्सी