मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

आन्तरिक पर्यटन प्रवर्द्धन गर्न पोखरामा बाह्रखरी गल्फ प्रतियोगिता हुने

आन्तरिक पर्यटन प्रवर्द्धन गर्न पोखरामा बाह्रखरी गल्फ प्रतियोगिता हुने


काठमाडौँ । आन्तरिक पर्यटन प्रवर्द्धनलाई सघाउ पुर्‍याउने उद्देश्यले पोखरामा बाह्रखरी गल्फ प्रतियोगिता आयोजना हुने भएको छ ।  
 
पोखरामा गल्फ प्रतियोगिता आयोजना गर्ने सम्बन्धमा बाह्रखरी मिडिया प्रालि र हिमालयन गल्फ कोर्सबीच आइतबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बाह्रखरी मिडियाका प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्य र कोर्सका तर्फबाट म्यानेजर भुवन गुरुङबीच सम्झौतापत्र आदानप्रदान भएको छ ।
 
यसैवर्ष पोखरामा गर्न लागिएको कर्पोरेट गल्फमा काठमाडौं र पोखराका कर्पोरेट गल्फर सहभागी हुने बाह्रखरी मिडियाका प्रबन्ध निर्देशक आचार्यले जानकारी दिए ।
 
“यसवर्षको गल्फ पोखरामा गर्ने निर्णय गरेका छौं,” आचार्यले भने, “प्रतियोगिता कहिले गर्ने सम्बन्धमा छिट्टै पत्रकार सम्मेलन गरेर मिति सार्वजनिक गर्नेछौं ।” 
 
उनका अनुसार कोरोनाको कहरले धरासायी अवस्थामा पुगेको पर्यटन क्षेत्रलाई उठ्न मद्दत पुगोस् भन्ने उद्देश्यले पोखरामा प्रतियोगिता आयोजना गर्न लागिएको हो । 
अघिल्लो वर्ष बाह्रखरी गल्फ सगरमाथा क्षेत्रको कोङ्दे रीमा आयोजना गरिएको थियो ।