मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकी साइबर आक्रमणमा रूसको भूमिका अस्वीकार

अमेरिकी साइबर आक्रमणमा रूसको भूमिका अस्वीकार


मस्को । संयुक्त राज्य अमेरिकामा हालसालै गरिएको साइबर हमलामा कुनै पनि भूमिका रहेको भन्ने भनाइलाई रूसले अस्वीकार गरेको छ । महत्त्वपूर्ण साइबर आक्रमणमा रुसको हात रहेको अमेरिकी आरोप प्रमाणहीन रहेको रूसको दाबी छ । 

अमेरिकी सांसदहरूले गत हप्ताको अन्तमा सरकारी एजेन्सीहरूमा भएको साइबर आक्रमणलाई कडा प्रतिक्रियाका लागि आग्रह गरेका र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसप्रति औंला ठड्याउन नचाहेकोमा आलोचना गरेका छन् । रूसलाई ह्याकका लागि जिम्मेवार भन्दै रूसी प्रशासनको अमेरिकी अधिकारीहरूले व्यापक आलोचना लगाइरहेको छन् । 

राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले साइबर हमलाबारे वासिङ्गटनमा जारी सार्वजनिक बहससँग रूसको कुनै सम्लग्नता नरहेको बताए । “रूस यी आक्रमणमा सम्लग्न छैन,” पेस्कोभले सोमबार पत्रकारहरुसँग भने । 

टेक्सासस्थित आईटी कम्पनी सोलारवाइन्ड्सद्वारा निर्मित उद्यम प्रबन्धन नेटवर्क सफ्टवेयरको प्रयोग गरी आक्रमणकारीहरूले कम्प्युटर नेटवर्कहरूमा आक्रमण गर्न सफल भएका अमेरिकी अधिकारीले बताएका छन् ।  

अमेरिकी ट्रेजरीसहितका सरकारी निकायहरू रहेका व्यक्तिहरू पनि प्रभावित भएका आक्रमण गराउन सहयोग गरेको हुनसक्ने अनुसन्धानकर्ताहरूले बताएका छन् । यसले विश्वव्यापी साइबर आक्रमणको लक्ष्यमा अमेरिका र अमेरिकी संस्थाहरू परेको देखिएको उनीहरूले बताएका छन् । 

पेसकोभले भने, “रसियाको सम्लग्नताका कुनै पनि आरोप बिल्कुल निराधार छन् र अन्धोरूपमा व्यक्त हुने रूसप्रतिको घृणा (रूसोफोबिया)को निरन्तरता हो ।” 

क्रेमलिनले यूक्रेनको विद्युतीय प्रणालीलाई लक्षित गरी गरिएको आक्रमणमा रूसी गुप्तचरको हात रहेको भन्ने अमेरिकी आरोपलाई यसअघि पनि अस्वीकार गरेको थियो । 

पेस्कोभले भने, “रूसको संलग्नताका कुनै पनि आरोप बिल्कुल निराधार छन् र अन्धा रसोफोबियाको निरन्तरता हो,“ पेस्कोभले भने । एजेन्सी