मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

रक्त संकलन बस हस्तान्तरण

रक्त संकलन बस हस्तान्तरण

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका– गैर आवसिय नेपाली संघ (एनआरएनए)ले  भरतपुर महानगरपालीसंग समन्वयमा क्षेत्रीय रक्त संचार केन्द्रलाई रक्त संकलन बस हस्तान्तरण गरेको छ ।

यो बस मार्फत रगत संकलन गर्ने, संकलित रगत रक्त संचार केन्द्रमा पुर्याउने, तत्काल रगत चाहिएको स्थानमा संकरण र वितरण जस्ता काम गर्न सकिन्छ । नेपालमा यस्तो रगत संकलन गर्ने बस शुरु गरिएको पहिलो पटक हो ।

एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोले शुक्रवार भरतपुर महानगरपालीका प्रमुख रणु दाहाललाई उक्त रक्त संकलन वस हस्तान्तरण गरेका हुन् । त्यस अवसरमा एनआरएनएका पदाधिकारीहरु पनि सहभागी थिए ।

चितवन देशकै मध्येमा रहेको, रगत संकलन र वितरण गर्न सजिलो हुने लगायतका कारणले पहिलो रक्त संकलन वस भरतपुर महानगरपालिकालाई प्रदान गरिएको रक्त बस संकलन अभियानका संयोजक तथा एनआरएनए सचिव गौरी जोशीले वताए ।

हामीले प्रत्येक बर्ष एउटका दरले सवै प्रदेशलाई यस्तो वस हस्तान्तरण गर्दै जाने छौं जोशीले भने । विभिन्न देशका गैर आवासियन नेपाली संघको सहयोगमा सवैप्रदेशमा यस्तो वस पुर्याइने उनले बताए ।

यो बस संचालनको जिम्मेवारी भरतपुर महानगरपालिकाले लिएको छ । एक पटकमा बस भित्र ४ जनाले रक्त रक्तदान सक्छन I 

यो बस मार्फत संकलन गरेको रगत चितवनमा मात्र होइन अन्य स्थानमा पनि पर्याउन सकिन्छ । दुर्धटना हुदां आकस्मिक रुपमा रगत संकलन र दिन पनि मिल्छ । १३ जिल्लालाई यो बसले तत्काल जोड्न सक्ने जोशीले वताए ।

यो रक्त बस तयार गर्न करिब ६० लाख रुपैंया खर्च भएको छ । भारतमा बनेको बसमा रक्त संकलनका लागि युरोपको प्रविधि जडान गरिएका छ । हामीले यो रक्त बस संचालनका लागि करिव ८० लाख रुपैंया सहयोग पाएका थियौं जोशीले भने बांकी रकम अन्य स्थानमा अर्को बसका लागि खर्च गरिने छ ।

भरतपुर महानगरपालिका प्रमुख दाहालले यो यस्तो रक्त बस प्रदान गरेकोमा एनआरएनए प्रति आभार व्यक्त गरेकी छिन् ।