मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

भारतमा ९८ लाख ९७ हजार कोरोना संक्रमित, एक लाख ४३ हजार बढीको मृत्यु

भारतमा ९८ लाख ९७ हजार कोरोना संक्रमित, एक लाख ४३ हजार बढीको मृत्यु


नयाँदिल्ली । भारतमा कोरोनाभाइरस संक्रमित व्यक्तिको संख्या ९८ लाख ९७ हजार २०० पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 

पछिल्लो चौबीस घण्टामा भारतमा २७ हजार नयाँ संक्रमित फेला परेका छन् । त्यस्तै २४ घन्टाको अवधिमा ३३६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सहित भारतमा कोरोनाभाइरसको संक्रमणबाट कुल १ लाख ४३ हजार ३५५ जनाको मृत्यु भएको छ । 

Advertisement

मन्त्रालयका अनुसार भारतमा अझै पनि ३ लाख ५२ हजार ५८६ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् । हालसम्म ९३ लाख ८८ हजार व्यक्ति कोरोनाभाइरसको संक्रमणबाट मुक्त भएका छन् ।

भारतमा सर्वाधिक असर परेको महाराष्ट्र राज्यमा ७५ हजार व्यक्तिमा सक्रिय संक्रमण छ र उनीहरु प्रदेशका विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् । केरलामा पनि झण्डै ६० हजार तथा नयाँ दिल्लीमा १७ हजार व्यक्ति सक्रिय संक्रमित छन् । 

यसैबीच भारतीय स्वास्थ्य अनुसन्धान परिषदले देशभर १५ करोड ४६ लाख नमूना परीक्षण गरेको जनाएको छ । एजेन्सी

 

शेयर गर्नुहोस:

0
Shares