मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

क्षेत्रीय संयोजक पद हटाउन एनआरएनए अमेरिकाको प्रस्ताव : आइसिसी महासचिवमा अमेरिकाबाट को उठ्ने विवाद पेचिलो बन्दै

क्षेत्रीय संयोजक पद हटाउन एनआरएनए अमेरिकाको प्रस्ताव : आइसिसी महासचिवमा अमेरिकाबाट को उठ्ने विवाद पेचिलो बन्दै

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिका (एनआरएनए अमेरिका)ले क्षेत्रीय संयोजक पदको कुनै औचित्य नभएको हुँदा विद्यान संशोधन गरेर यसलाई हटाउन प्रस्ताव परेको छ । आइसिसीमा विधान संशोधनका लागि एनआरएनए अमेरिकाले उक्त प्रस्ताव पेश गरेको हो । 

एनआरएनएमा आफ्नो पायक पर्ने देशका एनसिसीलाई संयोजन गर्न क्षेत्रीय संयोजक पद सृजना गरिएको थियो । तर, अमेरिकामा भने यो पदले गर्दा विवादहरु सृजना भएका छन् । क्षेत्रीय संयोजकले प्रभावकारीरुपमा आफ्नो समन्वयकारी भूमिका पनि खेल्न सकेका छैनन् ।

यो प्रस्तावले अमेरिकाभित्र फेरि विवाद ल्याएको छ । अमेरिकाज् क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठीले यो प्रस्ताव आफूलाई लक्षित गरेर ल्याइएको रणनीतिका रुपमा लिएका छन् । तर, एनआरएनए अमेरिकाले भने यो कसैप्रति लक्षित नभई एनआरएनए अभियानलाई अझ प्रभावकारी बनाउन प्रस्ताव गरिएको दाबी गरेको छ । 

एनआरएन अमेरिकाभित्र अब आइसिसीको महासचिव पदमा को जाने भन्ने विवाद सुरु भएको छ । सदस्यता कसरी वितरण गर्ने भन्ने विवाद भइरहँदा महासचिव पद पेर्चिलो देखिएको हो । 

सचिव गौरी जोशी र एनआरएनएका पूर्वअध्यक्ष डा केशव पौडेल दुवैले उक्त पदमा उठ्ने अनौपचारिकरुपमा बताउँदै आएका छन् । एनआरएनएको एक समूहले अध्यक्षमा फेरि कुल आचार्य नै उठ्ने र महासचिवमा डा पौडेललाई अगाडि सार्ने तयारी गरिरहेको छ । यो वर्तमान अध्यक्ष कुमार पन्तप्रति रुष्ट समूह पनि हो । एकस्तरमा यसमा सहमति बने पनि पछि जोशीले पनि महासचिवमै उठ्ने मनासाय राखेपछि अमेरिकामा विवाद देखिएको हो । डा पौडेल यसअघि महासचिवमा उठ्ने भने पनि पछि उपाध्यक्षमा उम्मेदवारी दिएका थिए । 

जनसम्पर्क समिति अमेरिकाभित्रको विवादले पनि पौडेल र जोशीबीचको सहमतिमा बाधक बनिरहेको छ । जनसम्पर्क समिति अमेरिकामा पदावधि सकिएको पाँच वर्ष बढी भइसक्दा पनि निर्वाचन भएको छैन । यही कारण अमेरिकामा अहिले दुईवटा जनसम्पर्क समिति बनेका छन् । तर, आमनेपाली समुदायलाई भने यसले कुनै अर्थ राखेको छैन । 

यी दुई जनसम्पर्क समितिले एउटा एउटा व्यक्तिलाई एनआरएनएमा बोकेर आफ्नो शक्ति प्रदर्शन गर्ने प्रयास गरिरहेका छन् । अमेरिका बाहिरबाट जोशी र पौडेललाई मिलाउने कोसिस पनि हुँदै आएको छ ।