मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कान्तिपुर दैनिकका पत्रकार गोकर्ण गौतमको निधन

कान्तिपुर दैनिकका पत्रकार गोकर्ण गौतमको निधन


काठमाडौँ । कान्तिपुर दैनिकका युवा पत्रकार गोकर्ण गौतमको बिहीबार बिहान निधन भएको छ । मष्तिष्कको नशामा समस्या देखिएपछि शल्यक्रिया गर्दा रक्तश्राव भई उनको निधन भएको हो ।

कला, साहित्यसम्बन्धी सक्रियतापूर्वक कलम चलाउँदै आएका पत्रकार गौतमको बिहीबार बिहान ११ः३० बजेको समयमा बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल नेसनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एन्ड एलाइड साइन्सेस (न्युरो अस्पताल) मा निधन भएको हो । मष्तिष्कको नशामा समस्या आएपछि उनी सोमबार अस्पताल भर्ना भएका थिए ।

३१ वर्षीय पत्रकार गौतम समसामयिक विषयवस्तु तथा सामजिक विषयहरुमा कलम चलाउँदै आएका थिए । यसअघि उनी नेपाल साप्ताहिकमा कार्यरत थिए । उनको बिहीबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

युवा पत्रकार गौतमको निधनप्रति दुःख प्रकट गर्दै नेपाल-अमेरिका पत्रकार संघ (नेजा)का कार्यवाहक अध्यक्ष विकासराज न्यौपानेले श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनले गौतमको परिवारप्रति समवेदना व्यक्त गर्दै एक होनाहार पत्रकारको निधनले पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको भन्दै शोक व्यक्त गरेका छन् ।