मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतमा कोरोना संक्रमित ८६ लाख ८४ हजार नाघे, ८० लाख ६४ हजार संक्रमणमुक्त

भारतमा कोरोना संक्रमित ८६ लाख ८४ हजार नाघे, ८० लाख ६४ हजार संक्रमणमुक्त


नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या पछिल्लो २४ घन्टामा ४८ हजार २८५ जना रहेको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 

योसहित भारतमा कूल संक्रमितको संख्या ८६ लाख ८४ हजार पुगेको छ । विगत २४ घन्टाको अवधिमा ५५० जनाको कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएको छ । भारतमा योसहित कूल मृत्यु हुनेको संख्या १ लाख २८ हजार १६५ पुगेको छ ।

कोरोना संक्रमितमध्ये निको हुने दर निकै राम्रो रहेको भारतमा हालसम्म ८० लाख ६४ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् । भारतमा अझै पनि सक्रिय संक्रमितको संख्या ४ लाख ९१ हजार ३२६ रहेको छ । विगत २४ घन्टामा ५ हजार ३६३ जना कोभिड–१९ को संक्रमणबाट मुक्त भएका छन् । 

भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार देशभर १२ करोड २० लाखको हाराहारीमा कोरोनाको नमूना परीक्षण गरिएको छ । 

केन्द्रीय स्वास्थ्य मन्त्री डा हर्ष वर्द्धनले भारतको कोरोनाभाइरस संक्रमण नियन्त्रण र उपचारमा भारतको ठूलो जनसंख्यालाई ध्यानमा राखेर निकै सक्रियता र सचेतता अपनाइएको बताएका छन् । 

उनले बुधबार महाराष्ट्र, उत्तराखण्ड, मणिपुर, मिजोरम, त्रिपुरा, मेघालय र गोवाका मुख्यमन्त्रीहरु, स्वास्थ्य मन्त्रीहरु र प्रमुख सचिवहरुसँग कोरोना रोकथाम, उपचार र नियन्त्रणका बारेमा विचारविमर्श गरेका थिए । एएनआई