मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

भारतमा दैनिक संक्रमितको संख्या घट्दो

भारतमा दैनिक संक्रमितको संख्या घट्दो


नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या घट्दै गइरहेको छ । कोरोनाभाइरसको महामारी सुरु भएदेखि वृद्धि हुँदै गइरहेको दैनिक सङ्ख्यामा केही समयदेखि कमी हुँदै आइरहेको हो । 

दैनिक झण्डै एक लाखसम्म सङ्क्रमितहरु भेटिएको भारतमा अहिले दैनिक ५० हजारको हाराहारीमा झरेको तथ्यांकमा देखिएको छ । 

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घन्टामा थप ५४ हजार ४४ जना सङ्क्रमित भएका छन् । सोही अवधिमा कोरोनाका कारण ७१७ जनाको मृत्यु भएको पनि मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । 

भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या ७६ लाख ७९ हजार २३ पुगेको मन्त्रालयले जनाएको छ । कुल सङ्क्रमितमध्ये सात लाख ४१ हजार ५६८ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेको पनि तथ्यांकमा उल्लेख छ । 

भारतमा सङ्क्रमित अवस्थामै रहेकाहरुको संख्यामा पनि पछिल्ला केही हप्तादेखि कमी आएको छ । लामो समयसम्म दैनिक झण्डै १० लाख मानिस सङ्क्रमित अवस्थामै रहने गरेकोमा अहिले सात लाखको हाराहारीमा झरेको हो । 

सङ्क्रमित भएर पनि निको भइसकेकाहरुको कुल सङ्ख्या ६८ लाख ११ हजार ४०३ पुगेको मन्त्रालयले जनाएको छ । त्यसैगरी भारतमा कोरोनाका कारण कुल मृतकको सङ्ख्या एक लाख १६ हजार ५२ रहेको अधिकारीहरुले जानकारी दिएका छन् । 

भारतका प्रदेशहरुमध्ये कोरोनाबाट सबैभन्दा बढी महाराष्ट्र प्रदेश प्रभावित भएको छ । महाराष्ट्रमा मात्रै अहिले पनि एक लाख ७४ हजार ७५५ जना सङ्क्रमित अवस्थामै रहेका छन् । एएनआई