मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालमा थप ५७४३ जनामा कोरोना पुष्टि, एकैदिन २६ जनाको मृत्यु

नेपालमा थप ५७४३ जनामा कोरोना पुष्टि, एकैदिन २६ जनाको मृत्यु


काठमाडौँ । नेपालमा बुधबार ५७४३ जनामा कोरोनाभाइरस पुष्टि भएको छ । यससँगै सक्रिय संक्रमितको संख्या ४४ हजार ४७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।   

उनका अनुसार नेपालमा कुल संक्रमितको संख्या एक लाख ४४ हजार ८७२ पुगेको छ । पछिल्लो २४ घन्टामा २६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७९१ पुगेको छ ।  

एकैदिन कोरोना संक्रमण निको भई २९९६ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ९९ हजार ६०५ पुगेको छ । जुन कुल संक्रमितको ६८.७५ प्रतिशत हो ।    

काठमाडौँ उपत्यकामा थप ३१०७ जना संक्रमित थपिएका छन् । काठमाडौँका २३९१, ललितपुरका ५४३ र भक्तपुरका १७३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।    

हालसम्म उपत्यकाभित्र संक्रमित हुनेको संख्या ६२ हजार ५८४ पुगेको छ । जसमा काठमाडौँमा कुल ५० हजार ४६४, ललितपुरमा ७ हजार १५९ र भक्तपुरमा ४ हजार ८६२ जना रहेका छन् ।   

मोरङ, सिरहा, ललितपुर, काठमाडौँ, चितवन, भक्तपुर र रुपन्देहीमा पाँच सय बढी सक्रिय सङ्क्रमित रहेका छन् । कोभिड–१९ शून्य भएका जिल्लामा मनाङ, मुस्ताङ र डोल्पा रहेका छन् ।

प्रवक्ता डा गौतमका अनुसार देशभरका प्रयोगशालामा थप २० हजार ११८ जनासहित हालसम्म १३ लाख ३४ हजार ८९७ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल ४ हजार ६५ जना क्वारेन्टाइनमा र ४४ हजार ४७६ जना आइसोलेसनमा रहेका छन् ।   

सक्रिय संक्रमितमध्ये २९ हजार ८०० जना होम आइसोलेसनमा र १४ हजार ६७४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । मन्त्रालयका अनुसार देशभर २६९ जना कोरोना सङ्क्रमित विभिन्न अस्पतालको सघन उपचार कक्षमा र ८७ जना भेन्टिलेटरमा उपचाररत छन् ।