मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

भदौरे भीरमा स्कार्पियो दुर्घटना : पाँच जनाको मृत्यु

भदौरे भीरमा स्कार्पियो दुर्घटना : पाँच जनाको मृत्यु


ओखलढुङ्गा । ओखलढुङ्गा र उदयपुरको सिमानामा पर्ने भदौरे भीरमा स्कार्पिओ दुर्घटना हुँदा ओखलढुङ्गाका दुईसहित पाँच जनाको ज्यान गएको छ । 

भैरहवाबाट ओखलढुङ्गातर्फ आउँदै गरेको बा२०च ७१७१ नंको स्कारपियो राति १ बजे सिद्धिचरण लोकमार्गमा अन्तर्गत उदयपुरको कटारी नगरपालिका–१४ को भदौरे भिरमा दुर्घटना भएको हो ।

दुर्घटनामा पाँच जानको घटनास्थलमै ज्यान गएको उदयपुरका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए । 

उनका अनुसार मृतकमध्ये  ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–९ माधवपुरका ४५ वर्षीय रामबहादुर सार्की र सोही ठाउँकै २६ वर्षीय कर्मे सार्कीको पहिचान खुलेको छ । बाँकी दुई पुरुष र एक महिलाको पहिचान खुलेको छैन । 

रिजर्भ गरेर गाउँ आएको हुनाले पहिचान नखुलेका अन्य तीन जना मृतक पनि ओखलढुङ्गाकै हुनसक्ने प्रहरीको अनुमान छ । अहिले मृतकको शव र दुर्घटनामा परेको गाडी घटनास्थलमै छ । 

दुर्घटनामा अन्य तीन जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा ओखलढुङ्गाको मानेभञ्याङ–९ की २८ वर्षीया कुमारी सार्की, २२ वर्षीया कल्पना सार्की र चालक रुपन्देही त्रिगम्वा नगरपालिका–४ का २८ वर्षीय पनव खड्का गम्भीर घाइते भएका छन् । उनीहरुलाई थप उपचारका लागि विराटनगर पठाइएको छ ।

प्रहरीले राति ब्रेक फेल भएर स्कार्पिओ दुर्घटना भएको हुनसक्ने अनुमान गरेको छ । गाडी सडकबाट करिब एक किलोमिटर मिटर तल खसेको छ । उनीहरु सबै जना भारतबाट दसैँ मनाउन घरतर्फ आउने क्रममा भैरहवा क्वारेन्टाइनमा बसेर गाडी रिर्जभ गरी आएको बुझिएको छ । रासस