मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

रेम्डेसिभिर औषधि आयात तथा बिक्री वितरणको अनुमति

रेम्डेसिभिर औषधि आयात तथा बिक्री वितरणको अनुमति


काठमाडौँ । सरकारले कोरोना भाइरस (कोभिड १९)को उपचारमा प्रयोग हुने रिम्डेसिभिर औषधि आयात तथा बिक्री वितरण गर्न तीन कम्पनीलाई अनुमति दिएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले औषधि व्यवस्था विभागबाट अनुमति पाउनेमा दुई नेपाली र एक भारतीय कम्पनी छन् ।

Advertisement

उनका अनुसार नेपालका दुई कम्पनी यती फर्माकेम डिस्ट्रिब्युटर्स प्राइभेट लिमिटेड ललितपुर, सिनर्जी ओभरसिज प्राइभेट लिमिटेड काठमाडौं र  भारतको हेट्रो ल्याब्स लिमिटेडलाई  रेम्डेसिभिर आयात तथा बिक्री वितरणका लागि अनुमति दिइएको छ । 

नेपालमा कोभिड १९ को उपचारका लागि अहिलेसम्म कुनै पनि औषधि नभएको सन्दर्भमा नेपालले पनि अनुसन्धानात्मक प्रयोजनका लागि रेम्डेसिभिर नामक औाषधि प्रयोगमा ल्याएको छ । रासस

 

शेयर गर्नुहोस:

0
Shares