मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

विश्वभरी कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या तीन करोड ८५ लाख नाघ्यो

विश्वभरी कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या तीन करोड ८५ लाख नाघ्यो


वासिङ्टन । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) का कारण तीन करोड ८५ लाख भन्दा बढी मानिस सङ्क्रमित भएका छन् ।

जोन्स हकिन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरी हालसम्म तीन करोड ८५ लाख ८८ हजार ८०० जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका हुन् । 

कुल सङ्क्रमितमध्ये दुई करोड ८९ लाख ९७ हजार ५९५ जना सङ्क्रणमुक्त भइसकेको विश्वविद्यालयले जनाएको छ । 

सङ्क्रमणमुक्त भएकाहरुको संख्यामा भारत अग्रस्थानमा रहेको छ । भारतमा अहिलेसम्म ६३ लाख ७६ हजार ८६३ जना सङ्क्रमणमुक्त भएका छन् । 

अमेरिकामा भने सङ्क्रमितहरुको अवस्था डरलाग्दो छ । सबैभन्दा धेरै सङ्क्रमित रहेको मुलुकमा अमेरिका नै रहेको छ । 

अमेरिकामा अहिलेसम्म ८१ लाख ७ हजार ८१० जना सङ्क्रमित भएका छन् भने अरु दुई लाख २१ हजार १७७ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।   

धेरै प्रभावित भएकाहरुको सूचीमा भारत र ब्राजिल दोस्रो र तेस्रो क्रममा रहेका छन् । भारतमा अहिलेसम्म ७३ लाख १ हजार ८०४ जना सङ्क्रमित हुँदासम्म एक लाख ११हजार २७२ जनाको मृत्यु भएको छ । 

त्यसैगरी ब्राजिलमा अहिलेसम्म ५१ लाख १७ हजार ८२५ जना सङ्क्रमित रहेका छन् भने एक लाख ५१ हजार १६१ जनाको कोरोनाकै कारण मृत्यु भएको छ । 

त्यसैगरी चौथो धेरै प्रभावित भएको रुसमा भने अहिलेसम्म १३ लाख ४० हजार ४०९ जना सङ्क्रमित भएका छन् । रुसमा कोरोनाका कारण २३ हजार २०५ जनाको ज्यान गएको छ । 

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले गत मार्च ११ देखि विश्वभरी कोरोनाभाइरसको महामारी फैलिएको घोषणा गरेको थियो ।