मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

महामारीको संकटमा राहतको माग गर्दै होटल व्यवसायीद्वारा पेरिसमा जुलुस

महामारीको संकटमा राहतको माग गर्दै होटल व्यवसायीद्वारा पेरिसमा जुलुस


पेरिस, फ्रान्स । होटल मालिकहरूले फ्रान्सको राजधानी पेरिसको रिंग रोडमा ट्राफिक आंशिक रूपमा अवरुद्ध हुनेगरी प्रदर्शन गर्दै राज्यबाट सहयोगको मांग गरेका छन् । उनीहरूले सङ्कटमा परेका उद्योगलाई सहयोग प्याकेजहरू उपलब्ध गराउन माग गरेका हुन् । 

कोभिड–१९ सङ्क्रमण दर पुनः बढ्न थालेपछि सरकारले शहरी क्षेत्रमा प्रतिबन्धका उपायहरू तीव्र पारेका् छ । सङ्क्रमण नियन्त्रणका उपायको अवलम्बन गर्दा आफ्नो व्यवसाय धरापमा परेको भन्दै उनीहरू प्रदर्शनमा उत्रिएका हुन् । 

पेरिस शहर प्रशासनले गत हप्ता अधिकतम कोरोनाभाइरस सङ्क्रमणको चेतावनी दिँदै भाइरसको थप प्रसारलाई रोक्नको लागि बार, स्विमिंग पूल र जिमलाई १४ दिन बन्द गर्ने आदेश दिएको छ । 

प्रशासनले साझा स्थानहरूमा मास्क लगाउने आवश्यकताअनुसार सहरमा हिडडुल गर्ने र सामाजिक दूरीका नियमहरूलाई पालना गर्न जुलाईमा पुनः निर्देशन जारी गरेको थियो । एएन्आइलाई प्राप्त भिडियोमा प्रदर्शनकारीहरूले पोस्टर तथा व्यानर बोकेर विरोध प्रदर्शन गरेको देखिन्छ । 

आन्दोलनमा उत्रिएका कम्पनीहरूलाई सहायता, आंशिक बेरोजगार भत्तालगायतका सुविधा व्यवस्था गर्न र करहरूमा छुट दिन माग गरेका बताइएको छ । 

फ्रान्सले कोरोनाभाइरसको सङ्क्रमणको दोस्रो लहरमा मध्य ग्रीष्मकालदेखि पुनः दोहोरिएपछि दैनिक हजारौँ व्यक्ति सङ्क्रमित बनेका छन् । नयाँ संक्रमणको पछिल्लो दैनिक रेकर्डमा सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दैनिक २५ हजारको हाराहारीमा रहेको छ । 

हालसम्म फ्रान्समा ७७ लाख छ हजारभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् भने ३२ हजार ७०३ सङ्क्रमितको मृत्यु भएको छ । मङ्गलबारसम्म विश्वमा सङ्क्रमितको सङ्ख्या तीन करोड ८० लाख ६३ हजारभन्दा बढी रहेको छ भने १० लाख ८६ हजारभन्दा बढी सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ । 

सबैभन्दा बढी प्रभावित अमेरिकामा सङ्क्रमितको सङ्ख्या आठ लाख ३८ हजार रहेको छ भने दुई लाख २० हजार व्यक्तिको मृत्यु भइसकेको छ ।

दोस्रो बढी सङ्क्रमित रहेको देश भारत रहेको छ भने ब्राजिल, रूस, कोलम्बिया, स्पेन, अर्जेन्टिना, पेरु, मेक्सिको, फ्रान्स सङ्क्रमणका हिसाबले बढी प्रभावित मुलुक हुन् ।