मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोरोनाभाइरसबाट ३ करोड ७८ लाख संक्रमित, १० लाख ८२ हजार बढीको मृत्यु

कोरोनाभाइरसबाट ३ करोड ७८ लाख संक्रमित, १० लाख ८२ हजार बढीको मृत्यु


न्युर्योक । कोरोनाभाइरसको संक्रमणबाट विश्वभर ३ करोड ७८ लाख ३९ हजार मानिस संक्रमित भएका छन् । जसमध्ये २ करोड ८४ लाख निको भएका छन् भने १० लाख ८२ हजार ६२० मानिसको ज्यान गएको छ । अझै पनि ६८ हजारभन्दा बढी मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ । 

अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणबाट विश्वको तुलनामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ । यहाँ सङ्क्रमितको संख्या ७९ लाख ९५ हजार ३०७ नाघेको जोन्स हप्किन्स विश्वविद्यालय सोमबार जानकारी दिएको छ । अमेरिकामा कोरोना सङ्क्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या दुई लाख १९ हजार ७१६ नाघेको छ ।

कोरोना सङ्क्रमणको कारण दोस्रो स्थानमा रहेको र विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको देश भारतमा कोरोनाबाट ७१ लाख ३५ हजार भन्दा बढी सङ्क्रमित भएका र यस सङ्क्रमणबाट एक लाख ९ हजार ३८९ जनाको मृत्यु भइसकेको छ । 

कोरोनाको तेस्रो स्थानमा रहेको देश ब्राजिलमा सङ्क्रमितको संख्या ५० लाख ९४ हजार ९७९ नाघेको छ । सङ्क्रमणको कारण एक लाख ५० हजार ५०६ को मृत्यु भएको छ । खोप विकास गरिसकेको घोषणा गरेको रसियामा १३ लाख १२ हजार भन्दा बढी सङ्क्रमित रहेका छन् भने २२ हजार ७२२ जनाको मृत्यु भएको छ भने दैनिक सङ्क्रमितको संख्या पनि बढ्दो छ ।

कोलम्बियामा ९ लाख ११ हजार ३१६ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् भने २७ हजार ८३४ जनाको मृत्यु भएको छ । अर्जेन्टिना ८ लाख ९४ हजार भन्दा बढी व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने २३ हजार ८६८ जनाको मृत्यु भएको छ । 

स्पेनमा ८ लाख ९० हजार ३६७ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भन ३२ हजार ९२९ जनाको मृत्यु भएको छ । पेरुमा ८ लाख ४९ हजार ३७१ मा व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने ३३ हजार ३०५ जनाको मृत्यु भएको छ । 

मेक्सिकोमा ८ लाख ३७ हजार ७८१ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने ८३ हजार ७८१ जनाको मृत्यु भएको छ ।

फ्रान्समा ७ लाख ३४ हजार ९७४ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने ३२ हजार ६८३ जनाको मृत्यु भएको छ । 

युरोपेली मुलुकहरु खासगरी बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोनाभाइरस संक्रमणको दोस्रो लहर सुरु भएको आँकलन गर्दै सार्वजनिक जनजीवनमा धेरै किसिमका प्रतिबन्धहरुको घोषणा गर्न थालिएको छ ।