मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

शिक्षामन्त्री पोखरेल र पर्यटनमन्त्री भट्टराईलाई कोरोना सङ्क्रमण

शिक्षामन्त्री पोखरेल र पर्यटनमन्त्री भट्टराईलाई कोरोना सङ्क्रमण


काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोभिड–१९ सङ्क्रमण देखिएको छ । मन्त्री पोखरेललाई पछिल्लो परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो । मन्त्री पोखरेलका स्वकीय सचिव पुरन केसीले केही दिनदेखि मन्त्री पोखरेलको सम्पर्कमा रहेका सबैलाई सतर्क र सुरक्षित रहन अनुरोध गरेका छन् । 

यस्तै, यसअघि संस्कृति, पर्यटन तथा नागरिक उडड्यमन्त्री योगेशकुमार भट्टराई पनि सङ्क्रमण देखिएको थियो । शनिबार गरिएको पिसिआर परीक्षणमा भट्टराईमा कोरोना संक्रमण पुष्टि भएको हो । 

शुक्रबार उपत्यकाबाहिरको कार्यक्रमबाट निवासमा फर्केपछि आफूमा हल्का ज्वरोको महसुस भएको भट्टराईले जानकारी दिएका छन् । त्यसपछि उनको शनिबार पुनः कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको आएको हो ।