मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोरोनाबाट विश्वभर ३ करोड ७२ लाख संक्रमित, १० लाख ७४ हजार जनाको मृत्यु

कोरोनाबाट विश्वभर ३ करोड ७२ लाख संक्रमित, १० लाख ७४ हजार जनाको मृत्यु


न्यूर्योक । विश्वव्यापी महाारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट शनिबार रातिसम्म ३ करोड ७२ लाख मानिस संक्रमित भएका छन् । यस महामारीका कारण हालसम्म १० लाख ७४ हजारले ज्यान गुमाएको जोन्स हप्किन्स विश्वविद्यालय शनिबार जानकारी दिएको छ ।  संक्रमितमध्ये २ करोड ७९ लाख ४१ हजार मानिस संक्रमण मुक्त भएका छन् । 

संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको सङ्क्रमितको संख्या ७९ लाख ६०३ पुगेको छ । कोरोना भाइरसको सङ्क्रमणबाट विश्वको तुलनामा सबैभन्दा बढी मानिसको मृत्यु अमेरिकामै भएको छ । कोरोना सङक्रमणबाट अमेरिकामा मृत्यु हुने व्यक्तिको संख्या दुई लाख १८ हजार ७४६ नाघेको छ ।

कोरोना सङ्क्रमणको कारण दोस्रो स्थानमा रहेको अर्थात विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको देश भारतमा कोरोनाबाट ६९ लाख ८५ हजार भन्दा बढी सङ्क्रमित भएका र यस सङ्क्रमणबाट एक लाख ७ हजार ५३८ जनाको मृत्यु भइसकेको छ । 

कोरोना सङ्क्रमणलाई हेर्दा तेस्रो स्थानमा रहेको देश ब्राजिलमा सङ्क्रमितको संख्या ५० लाख ५७ हजार नाघेको छ । सङ्क्रमणको कारण एक लाख ४९ हजार भन्दा बढीको मृत्यु भएको छ । खोप विकास गरिसकेको घोषणा गरेको रसियामा १२ लाख ८५ हजार भन्दा बढी सङ्क्रमित रहेका छन् भने २२ हजार  २५७ जनाको मृत्यु भएको छ भने दैनिक सङ्क्रमितको संख्या पनि बढ्दो छ ।

कोलम्बियामा ८ लाख ९४ हजार ३०० जना कोरोना भाइरस सङ्क्रमित भएका छन् भने २७ हजार ४९५ जनाको मृत्यु भएको छ । स्पेनमा ८ लाख ९० हजार ३८१ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भन ३२ हजार ९२९ जनाको मृत्यु भएको छ ।

अर्जेन्टिनामा ८ लाख ७१ हजार भन्दा बढी व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने २३ हजार २५० जनाको मृत्यु भएको छ । पेरुमा ८ लाख ४३ हजार ३५५ मा व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने ३३ हजार १५८ जनाको मृत्यु भएको छ ।

मेक्सिकोमा ८ लाख ९ हजार ७५१ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने ८३ हजार ५०७ जनाको मृत्यु भएको छ । फ्रान्समा ६ लाख ९१ हजार ९७७ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने ३२ हजार ५८३ जनाको मृत्यु भएको छ ।

दक्षिण अफ्रिकामा ६ लाख ८८ हजार ३५२ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने १७ हजार ५४७ जनाको मृत्यु भएको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस ९कोभिड–१९० को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या शनिबारसम्म १० लाख ७२ हजार ८२६ जना पुगेको छ । 

यस भाइरसबाट सङक्रमित हुनेको संख्या विश्वभर तीन करोड ७१ लाख २० हजार पुगेको छ  । कूल सङ्क्रमितमध्ये दुई करोड ७९ लाख २ हजार भन्दा बढी हजार निको छन् भने करिब ८१ लाख ४४ हजार मानिस सक्रिय सङ्क्रमित छन् । विश्वभर अझै पनि ६८ हजार भन्दा बढी मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ ।

युरोपेली मुलुकहरु खासगरी बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोनाभाइरस संक्रमणको दोस्रो लहर शुरु भएको आँकलन गर्दै सार्वजनिक जनजीवनमा धेरै किसिमका प्रतिबन्धहरुको घोषणा गर्न थालिएको छ ।