साओ पाओलो । ब्राजिलमा कोभिड–१९ सङ्क्रमितको ३१ हजार ५५३ भएसँगै कुल सङ्क्रमितको सङ्ख्या ५० लाख २ हजार ३५७ पुगेको जोन हकिन्स विश्वविद्यालयको विज्ञान तथा इन्जिनियरिङ्ग व्यवस्थापन केन्द्रले बिहीबार जानकारी गराएको छ ।
दक्षिण अफ्रिकी यो मुलुकमा विगत २४ घन्टामा सङ्क्रमित ७३४ जनाको मृत्यु भएको छ भने अहिलेसम्म कोभिड–१९ सङ्क्रमित एक लाख ४८ हजार ३४० जनाको मृत्यु भइसकेको छ । यस मुलुकको सबैभन्दा बढी प्रभावित सहर साओ पाओलोमा मात्रै १० लाखभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् । यहाँ कुल ३६ हजार ६६९ जनाको मृत्यु भएको छ ।
अमेरिकापछि विश्वमा कोभिड–१९ सङ्क्रमित व्यक्तिको मृत्यु हुने मुलुक ब्राजिल हो । ब्राजिलमा गत फेब्रअरी २६ मा कोभिड–१९ को पहिलो सङ्क्रमण पुष्टि भएको थियो ।
विश्वव्यापी महामारीका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा कुल ७७ लाख ८० हजार ५८६ व्यक्ति सङ्क्रमित भएका छन् भने सङ्क्रमित दुई लाख १६ हजार ८८९ जनाको मृत्यु भएको छ । तेस्रो बढी प्रभावित मुलक भारतमा कुल ६८ लाख ३५ हजार ६५५ व्यक्ति सङ्क्रमित भएका छन् भने सङ्क्रमितमध्ये एक लाख पाँच हजार ५५४ जनाको मृत्यु भएको छ ।
विश्वभर कोभिड १९ सङ्क्रमितको सङ्ख्या तीन करोड ६४ लाख ७० हजार ७३७ पुगेको छ भने यसका कारण १० लाख ६१ हजार ७७९ जनाको मृत्यु भइसकेको उक्त विश्वविद्यालयद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख छ ।
विश्वका अन्य प्रभावित मुलुकहरूमा रूस, कम्वोडिया, चिली, पेरू, स्पेन, फ्रान्स, इटालीलगायत अमेरिकी र यूरोपेली मुलुक नै रहेका छन् ।
प्रतिक्रिया