मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

विश्वभर कोभिड–१९ बाट दुई करोड ६८ लाखभन्दा बढी सङ्क्रमणमुक्त

विश्वभर कोभिड–१९ बाट दुई करोड ६८ लाखभन्दा बढी सङ्क्रमणमुक्त


पेरिस । विश्वभरी फैलिएको कारोनाभाइरसबाट सङ्क्रमित भएर पनि सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या दुई करोड ६९ लाख ७५ हजार पुगेको छ । अधिकारीहरुले मङ्गलबार दिएको जानकारीअनुसार विश्वभरी कुल दुई करोड ६९ लाख ७४ हजार ४६१ जना कोभिड–१९ बाट सङ्क्रमणमुक्त भएका हुन् । 

विश्वभरी अहिलेसम्म कुल तीन करोड ५८ लाख ६१ हजार ३७२ जना सङ्क्रमित भएका छन् । तीमध्ये दश लाख ५० हजार ६९७ जनाको मृत्यु भएको छ । 

विश्वमा सबैभन्दा धेरै सङ्क्रमित भएको देश अमेरिकामा रहेको छ । अमेरिकामा अहिलेसम्म ७६ लाख ८७ हजार २६९ जना सङ्क्रमित भएका छन् भने कोरोनाकै कारण कुल दुई लाख १५ हजार २२१ जनाको मृत्यु भएको छ । 

त्यसैगरी दोस्रो धेरै सङ्क्रमित भारतमा रहेका छन् । जहाँ कुल सङ्क्रमितको सङ्ख्या ६७ लाख २४ हजार ३८० रहेको छ । भारतमा कोरोनाका कारण अहिलेसम्म एक लाख ४ हजार ३२ को मृत्यु भएको छ । 

तेस्रो धेरै सङ्क्रमित हुनेमा ब्राजिल रहेको छ भने चौथो र पाँचौ धेरै सङ्क्रमितहरु रहेको मुलुकमा रुस र कोलाम्बिया रहेका छन् । त्यसैगरी स्पेन, पेरु, अर्जेन्टिना, मेक्सीको र दक्षिण अफ्रिका सङ्क्रमितहरुको संख्याका आधारमा अग्र दशमा पर्ने मुलुक हुन् ।