बिश्व घटना

विश्वभर कोभिड–१९ बाट दुई करोड ६८ लाखभन्दा बढी सङ्क्रमणमुक्त

विश्वभर कोभिड–१९ बाट दुई करोड ६८ लाखभन्दा बढी सङ्क्रमणमुक्त


पेरिस । विश्वभरी फैलिएको कारोनाभाइरसबाट सङ्क्रमित भएर पनि सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या दुई करोड ६९ लाख ७५ हजार पुगेको छ । अधिकारीहरुले मङ्गलबार दिएको जानकारीअनुसार विश्वभरी कुल दुई करोड ६९ लाख ७४ हजार ४६१ जना कोभिड–१९ बाट सङ्क्रमणमुक्त भएका हुन् । 

विश्वभरी अहिलेसम्म कुल तीन करोड ५८ लाख ६१ हजार ३७२ जना सङ्क्रमित भएका छन् । तीमध्ये दश लाख ५० हजार ६९७ जनाको मृत्यु भएको छ । 

Advertisement

विश्वमा सबैभन्दा धेरै सङ्क्रमित भएको देश अमेरिकामा रहेको छ । अमेरिकामा अहिलेसम्म ७६ लाख ८७ हजार २६९ जना सङ्क्रमित भएका छन् भने कोरोनाकै कारण कुल दुई लाख १५ हजार २२१ जनाको मृत्यु भएको छ । 

त्यसैगरी दोस्रो धेरै सङ्क्रमित भारतमा रहेका छन् । जहाँ कुल सङ्क्रमितको सङ्ख्या ६७ लाख २४ हजार ३८० रहेको छ । भारतमा कोरोनाका कारण अहिलेसम्म एक लाख ४ हजार ३२ को मृत्यु भएको छ । 

तेस्रो धेरै सङ्क्रमित हुनेमा ब्राजिल रहेको छ भने चौथो र पाँचौ धेरै सङ्क्रमितहरु रहेको मुलुकमा रुस र कोलाम्बिया रहेका छन् । त्यसैगरी स्पेन, पेरु, अर्जेन्टिना, मेक्सीको र दक्षिण अफ्रिका सङ्क्रमितहरुको संख्याका आधारमा अग्र दशमा पर्ने मुलुक हुन् ।