मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मंगलबार १५५१ जनामा कोरोना संक्रमण, एकैदिन २३४० जना डिस्चार्ज

मंगलबार १५५१ जनामा कोरोना संक्रमण, एकैदिन २३४० जना डिस्चार्ज


काठमाडौँ । नेपालमा मंगलबार १५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ९० हजार ८१४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार पछिल्लो चौबीसघन्टामा ९ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६३ पुगेको छ ।  

एकैदिन कोरोना संक्रमण निको भई २३४० जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ६७ हजार ५४२ पुगेको छ । जुन कुल संक्रमितको ७४.३७ प्रतिशत हो ।    

काठमाडौँ उपत्यकामा थप १०१७ जना संक्रमित थपिएका छन् । काठमाडौँका ७८३, ललितपुरका ११८ र भक्तपुरका ११६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म उपत्यकाभित्र संक्रमित हुनेको संख्या ३१ हजार २१६ पुगेको छ । जसमा काठमाडौँमा कुल २३ हजार ५२१, ललितपुरमा ३ हजार ५४३ र भक्तपुरमा २ हजार ५८५ जना रहेका छन् ।   

मोरङ, सिरहा, ललितपुर, काठमाडौँ, चितवन, भक्तपुर र रुपन्देहीमा पाँच सय बढी सक्रिय सङ्क्रमित रहेका छन्  । कोभिड–१९ शून्य भएका जिल्लामा मनाङ, मुस्ताङ र डोल्पा रहेका छन् ।

प्रवक्ता डा गौतमका अनुसार देशभरका ३९ वटा प्रयोगशालामा थप ११ हजार ४७ जनासहित हालसम्म १० लाख ९९ हजार २७६ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल ४ हजार २४१ जना क्वारेन्टाइनमा र २२ हजार ७०९ जना आइसोलेसनमा रहेका छन् ।   

२२ हजार ७०९ जना सक्रिय सङ्क्रमितमध्ये १३ हजार ५९१ जना होम आइसोलेसनमा र ९ हजार ११८ जना संस्थागत आइसोलेसनमा छन् । मन्त्रालयका अनुसार देशभर २४३ जना कोरोना सङ्क्रमित विभिन्न अस्पतालको सघन उपचार कक्षमा र ४० जना भेन्टिलेटरमा उपचाररत छन् ।