मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोभिड–१९ को सङ्क्रमणबाट विश्वभर १० लाख ३४ हजार ५३८ को मृत्यु

कोभिड–१९ को सङ्क्रमणबाट विश्वभर १० लाख ३४ हजार ५३८ को मृत्यु


जेनेभा । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या शनिबार १० लाख ३४ हजार ५३८ पुगेको छ । 

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट सङक्रमित हुनेको संख्या विश्वभर तीन करोड ४९ लाख १८ हजार ९५० पुगेको छ । कुल सङ्क्रमितमध्ये दुई करोड ५९ लाख ५७ हजार ४७८ निको भएका छन् भने ७९ लाख २६ हजार ९१४ मानिस सक्रिय सङ्क्रमित छन् । 

विश्वभर अझै पनि ६६ हजार २७९ मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ । पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको संयुक्तराज्य अमेरिकामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ भने यहाँ सङ्क्रमितको संख्या पनि ७५ लाख ५८ हजार पुगिसकेको छ ।   

कोरोना सङक्रमणबाट अमेरिकामा हालसम्म दुई लाख १३ हजार ५९५ को मृत्यु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानीया ट्रम्प दुवैलाई कोरोना भाइरस संक्रमण भएको छ । 

कोरोना सङ्क्रमणलाई हेर्दा तेस्रो स्थानमा रहेको देश ब्राजिलमा ४८ लाख ८२ हजार भन्दा बढी व्यक्ति सङ्क्रमित भएकामा एक लाख ४५ हजार ४३१ जनाको मृत्यु भएको छ । 

खोप विकास गरिसकेको घोषणा गरेको रसियामा ११ लाख ९४ हजार भन्दा बढी सङ्क्रमित रहेका छन् भने २१ हजार ८९१ जनाको मृत्यु भएको छ भने दैनिक सङ्क्रमितको संख्या पनि बढ्दो छ ।  

दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनामा कोरोना भाइरसको प्रकोप बढ्दो रुपमा रहेको केही दिन अगाडि एकैदिन कोरोना भाइरसको सङ्क्रमणबाट ३ हजार ३५२ जनाको मृत्यु भएको थियो 

युरोपेली मुलुकहरु खासगरी बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोनाभाइरस संक्रमणको दोस्रो लहर सुरु भएको आँकलन गर्दै सार्वजनिक जनजीवनमा धेरै किसिमका प्रतिबन्धहरुको घोषणा गर्न थालिएको छ ।