मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोरोनाबाट विश्वभर तीन करोड ४५ लाख बढी सङ्क्रमित, १० लाख २८ हजार ७०१ को मृत्यु

कोरोनाबाट विश्वभर तीन करोड ४५ लाख बढी सङ्क्रमित, १० लाख २८ हजार ७०१ को मृत्यु


पेरिस । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १० लाख २८ हजार ७०१ पुगेको छ ।  

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट सङक्रमित हुनेको संख्या विश्वभर तीन करोड ४५ लाख ४८ हजार ५६२ पुगेको छ । कुल सङ्क्रमितमध्ये दुई करोड ५७ लाख ७ हजार ६९३ निको भएका छन् भने करिब ७८ लाख १२ हजार १६८ मानिस सक्रिय सङ्क्रमित छन् । 

विश्वभर अझै पनि ६६ हजार ९२ मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ । पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको संयुक्तराज्य अमेरिकामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ भने यहाँ सङ्क्रमितको संख्या पनि ७५ लाख पुगेको छ ।  कोरोना सङक्रमणबाट अमेरिकामा हालसम्म दुई लाख १२ हजार ७२६ को मृत्यु भएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प दुवैलाई कोरोना भाइरस संक्रमण भएको छ । ट्रम्पले बिहीबार ट्वीट गर्दै भने, “म र प्रथम महिला दुवै कोभिड–१९ बाट संक्रमित भएका छौं । हामी दुवै क्वारेन्टिनमा छौँ । 

विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको भारतमा ६४ लाख सङ्क्रमित भएका छन् भने यहाँ ९९ हजार ८३७ को  ज्यान गइसकेको छ । त्यस्तै ब्राजिलमा ४८ लाख ९७ हजार भन्दा बढी व्यक्ति सङ्क्रमित भएकामा एक लाख ४४ हजार ७७६ को मृत्यु भएको छ । 

खोप विकास गरिसकेको घोषणा गरेको रसियामा ११ लाख ९४ हजार ६४३ सङ्क्रमित रहेका छन् भने २१ हजार ७७ जनाको मृत्यु भएको छ भने दैनिक संक्रमितको संख्या पनि बढ्दो छ । दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनामा २४ घन्टामा कोरोना भाइरसको सङ्क्रमणबाट ३ हजार ३५२ जनाको मृत्यु भएको छ ।

युरोपेली मुलुकहरु खासगरी बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोनाभाइरस संक्रमणको दोस्रो लहर सुरु भएको आँकलन गर्दै सार्वजनिक जनजीवनमा धेरै किसिमका प्रतिबन्धहरुको घोषणा गर्न थालिएको छ ।