मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

कोरोनाका कारण विश्वभर दुई करोड ७७ लाख ७५ हजार सङ्क्रमित

कोरोनाका कारण विश्वभर दुई करोड ७७ लाख ७५ हजार सङ्क्रमित


पेरिस । विश्वभरी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण अहिलेसम्म विश्वभरी दुई पौने तीन करोड मानिस सङ्क्रमित भएका छन् । 

अधिकारीहरुले दिएको जानकारीअनुसार बुधबार बेलुकीसम्म दुई करोड ७७ लाख ७५ हजार जना सङ्क्रमित भएको विवरण सार्वजनिक भएको छ । 

कुल सङ्क्रमितमध्ये नौ लाख दुई हजार ६०१ जनाको मृत्यु भएको छ भने अरु एक करोड ९८ लाख ५५ हजार १४६ जना सङ्क्रमणमुक्त भइसकेका छन् । 

विश्वभरी अहिले पनि ७० लाख १७ हजार २५३ जना सङ्क्रमित अवस्थामै रहेका छन् । तीमध्ये ६० हजार ४६३ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् । 

कोरोनाभाइरसबाट प्रभावित हुनेहरुमा सबैभन्दा धेरै अमेरिकी नागरिक रहेका छन् । अमेरिकामा अहिलेसम्म ६५ लाख १४ हजार ६०२ जना सङ्क्रमित भएका छन् भने एक लाख ९४ हजार ६४ जनाको मृत्यु भएको छ । 

त्यसैगरी दोस्रो धेरै सङ्क्रमित हुनेमा भारत पुगेको छ । यसअघि लामो समय ब्राजिल दोस्रो धेरै सङ्क्रमित भएकाहरुको सूचीमा रहे पनि अहिले भारतले ब्राजिललाई उछिनेको छ । 

पछिल्लो विवरणअनुसार भारतमा ४३ लाख ७४ हजार ३१४ जना सङ्क्रमित हुँदा ७३ हजार ९५३ जनाको मृत्यु भएको छ । 

त्यसैगरी तेस्रो धेरै सङ्क्रमितहरु रहेको मुलुक ब्राजिलमा अहिलेसम्म ४१ लाख ६५ हजार १२४ जना सङ्क्रमित भएका छन् भने एक लाख २७ हजार ५१७ जनाको कोरोनाकै कारण मृत्यु भएको छ । 

चौथो धेरै सङ्क्रमित रहेको रुस र पाचौँ धेरै सङ्क्रमित रहेको पेरुमा क्रमशः दश लाख ४१ हजार ७ र छ लाख ९६ हजार १९० जना सङ्क्रमित भएका छन् । ती देशहरुमा मृतकहरुको संख्या पनि क्रमशः १८ हजार १३५ र ३० हजार १२३ रहेको छ । रुसमा सङ्क्रमितको संख्या धेरै रहे पनि मृतकको संख्या भने पेरुमा धेरै रहेका छन् ।  

धेरै सङ्क्रमित भएका मुलुकहरुको सूचीमा क्रमशः कोलम्बिया, मेक्सिको, दक्षिण अफ्रिका, स्पेन र अर्जेन्टिना छैठौँ, सातौँ, आठौँ, नवौँ र दसौँ स्थानमा रहेका छन् ।