नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको संख्या अत्यधिक वृद्धि भएको छ । पछिल्लो विवरणअनुसार एकै दिनमा ८४ हजार जना कोरोनाभाइरसबाट सङ्क्रमित भेटिएका छन् ।
सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ८३ हजार ८८३ जना सङ्क्रमित भेटिएका छन् । यो संंख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको पनि अधिकारीहरुको भनाइ छ ।
पछिल्लो थप सङ्क्रमितहरुसँगै भारतमा कुल सङ्क्रमितहरुको संख्या ३९ लाख २६ हजार ७९१ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
भारतमा कोरोनाभाइरसकै कारण अहिलेसम्म ६८ हजार ५५२ जनाको मृत्यु भएको छ । तीमध्ये एक हजार ६६ जनाको पछिल्लो २४ घन्टामा मृत्यु भएको हो ।
मन्त्रालयका अनुसार कुल सङ्क्रमित ३९ लाख २६ हजार ७९१जना रहेकोमा ३० लाख ३१ हजार ६८५ जना सङ्क्रमणमुक्त भइसकेका छन् । त्यसबाहेक आठ लाख २६ हजार ५५४ जना भने अझै पनि सङ्क्रमित अवस्थामै रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।
कोरोनाभाइरसको सङ्क्रमणको प्रभाव भारतका प्रदेशहरुमध्ये सबैभन्दा धेरै महाराष्ट्रमा देखिएको छ । त्यस प्रदेशमा अहिलेसम्म दुई लाख दुई हजार ४८ जना सङ्क्रमित भेटिएका छन् ।
भारतमा देशभर एकै दिनमा ११ लाख ७२ हजार १७९ जनाको कोरोना परीक्षणका लागि स्वाब संंकलन गरिएको छ । भारतमा अहिलेसम्म साढे चार करोडभन्दा बढीको कोरोना परीक्षण गरिसकिएको छ ।
प्रतिक्रिया