मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

नेपालमा थप ७४३ जनामा कोरोना पुष्टि, एकै दिन आठ सहित १५७ को मृत्यु

नेपालमा थप ७४३ जनामा कोरोना पुष्टि, एकै दिन आठ सहित १५७ को मृत्यु


काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टाभित्र थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका ४० वटा प्रयोगशालामा गरिएको १० हजार २३४ जनाको पिसिआर परीक्षणका क्रममा ७४३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
 
सोमबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार कोरोना संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको छ । जसमा १३ हजार ७१५ जना संक्रमित उपचाररत छन् । पछिल्लो समय कोरोना संक्रमण समुदायस्तरमा फैलिएपछि देशभर ४६ भन्दा बढी जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।
 
मन्त्रालयका अनुसार मोरङ, पर्सा, महोत्तरी, रौतहट, सर्लाही र काठमाडौँमा ५०० भन्दा बढी संक्रमित छन् । मुस्ताङ, म्याग्दी र हुम्ला गरी पाँच जिल्लामा संक्रमितको संख्या शून्य छ ।
 
प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणबाट थप आठ जनाको मृत्यु भएको जानकारी दिए । मृत्यु हुनेमा मृत्यु हुनेमा रुपन्देहीका ६७ वर्षीया महिला र ३८, ५३ र ५४ वर्षीय पुरुष रहेका छन् । 
 
त्यसैगरी सुनसरीका ६८ वर्षीय पुरुष, मोरङमा ६५ वर्षीय पुरुष, पर्साका ७० वर्षीया महिला र काठमाडौँकी ४८ वर्षीया महिलाको मृत्यु भएको छ ।  नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १५७ जना पुगेको छ । जसमा ११७ पुरुष र ४० महिला रहेका छन् ।
 
काठमाडौँ उपत्यकामा थप २२४ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौँका १७७, लतिपुरका ३३ र  भक्तपुरका १४ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको हो । यससँगै उपत्यकाभित्र कोरोना संक्रमित हुनेको संख्या ३४५२ पुगेको छ ।
 
प्रवक्ता डा गौतमका अनुसार हालसम्म छ लाख १० हजार ४६९ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । 

 

उनका अनुसार हाल ११ हजार २७५ जना देशभरका क्वारेन्टाइनमा र १३ हजार ७१५ जना आइसोलेसनमा रहेका छन् । जसमा संस्थागत आइसोलेसनमा नौ हजार ९५५ जना रहेका छन् भने होम आइसोलेसनमा ३९४३ जना छन् । आइसियूमा उपचाररत १३७ जना छन् । बाग्मती प्रदेशका १० जना भेन्टिलेटरमा छन् ।
 
त्यस्तै, सोमबार एकै दिन कोरोना संक्रमण निको भई १७५ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १८ हजार ८०६ पुगेको छ । जुन ५७ प्रतिशत हो ।  

Advertisement

शेयर गर्नुहोस:

0
Shares