मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

नेपालमा थपिए ४६१ संक्रमित, थप दुईसहित १०४ जनाको मृत्यु

नेपालमा थपिए ४६१ संक्रमित, थप दुईसहित १०४ जनाको मृत्यु


काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ४६१ जनामा कोरोना पुष्टि भएको छ । देशभरका ३९ वटा प्रयोगशालामा गरिएको १२ हजार २४७ जनाको पिसिआर परीक्षणका क्रममा ४६१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 
 
आइतबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार यससँगै कोरोना संक्रमितको संख्या २६ हजार ६६० पुगेको छ । जसमा ९२२१ जना संक्रमित उपचाररत छन् । पछिल्लो समय कोरोना संक्रमण समुदायस्तरमा फैलिन थालेपछि ३० भन्दा बढी जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।
 
मन्त्रालयका अनुसार पर्सा, रौतहट, महोत्तरी र काठमाडौँमा ५०० भन्दा बढी संक्रमित छन् । मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला गरी चार जिल्लामा संक्रमितको संख्या शून्य छ ।
 
प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणबाट थप दुई जनाको मृत्यु भएको बताए । मृत्यु हुनेमा पर्सामा एक पुरुष र मोरङमा एक महिला रहेका छन् । नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १०४ जना पुगेको छ । जसमा ८१ पुरुष र २३ महिला रहेका छन् । 
 
काठमाडौँ उपत्यकामा थप १७२ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौँमा १२६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको हो । यससँगै उपत्यकाभित्र कोरोना संक्रमित हुनेको संख्या १९३२ पुगेको छ ।
 
प्रवक्ता डा गौतमका अनुसार हालसम्म पाँच लाख १७ हजार ९०७ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल १५ हजार २४३ जना देशभरका क्वारेन्टाइनमा र ८७२४ जना आइसोलेसनमा, ४९७ होम आइसोलेसनमा र ६ जना भेन्टिलेटरमा रहेका छन् ।
 
त्यस्तै, आइतबार एकै दिन कोरोना संक्रमण निको भई १३४ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार ३३५ पुगेको छ । 

शेयर गर्नुहोस:

0
Shares