मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

नेपालमा थपिए ४६८ संक्रमित, थप तीनसहित १०२ जनाको मृत्यु

नेपालमा थपिए ४६८ संक्रमित, थप तीनसहित १०२ जनाको मृत्यु


काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ४६८ जनामा कोरोना पुष्टि भएको छ । देशभरका ३९ वटा प्रयोगशालामा गरिएको ११ हजार ४४७ जनाको पिसिआर परीक्षणका क्रममा ४६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
 
शनिबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार यससँगै कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ । जसमा ८७१६ जना संक्रमित उपचाररत छन् । पछिल्लो समय कोरोना संक्रमण समुदायस्तरमा फैलिन थालेपछि २२ भन्दा बढी जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।
 
मन्त्रालयका अनुसार पर्सा, रौतहट, महोत्तरी र काठमाडौँमा ५०० भन्दा बढी संक्रमित छन् । मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला गरी चार जिल्लामा संक्रमितको संख्या शून्य छ ।
 
प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएको बताए । मृत्यु हुनेमा कपिलवस्तु, पर्सा र धनुषाका एक / एक पुरुष रहेका छन् । नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १०२ जना पुगेको छ । जसमा ८० पुरुष र २२ महिला रहेका छन् । 
 
काठमाडौँ उपत्यकामा थप ९८ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौँमा ८०, ललितपुरमा ९ र भक्तपुरमा ९ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको हो । यससँगै उपत्यकाभित्र कोरोना संक्रमित हुनेको संख्या १७६० पुगेको छ ।
 
नयाँ संक्रमण हुनेमा मोरङका ६५, सर्लाहीका ५३, कपिलवस्तुका ३२, धनुषाका २७, मकवानपुरका २१, सुनसरीका १६, बर्दियाका १४, बाँके, दाङ र कास्कीका ११/११ जना रहेका छन् । यस्तै, काभ्रे, दोलखा, चितवन र महोत्तरीका ९/९ जना, खोटाङ ६, सप्तरी, सिराहा र सुर्खेतका ५/५ जना, रौतहट ४, रामेछाप र दैलेखका ३/३ जना, उदयपुर, नवलपुर रुपन्देही, बारा, बाग्लुङ र तनहुँका २/२ जना तथा रसुवा, गुल्मी, गोरखा, स्याङ्जा, तेह्रथुम, डडेलधुरा र बझाङका एक/ एक जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । 
 
प्रवक्ता डा गौतमका अनुसार हालसम्म पाँच लाख ६ हजार ६६० जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल १४ हजार ४४८ जना देशभरका क्वारेन्टाइनमा र ८७१६ जना आइसोलेसनमा रहेका छन् ।
 
त्यस्तै, शनिबार एकै दिन कोरोना संक्रमण निको भई १२४ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार २०१ पुगेको छ । जुन कुल संक्रमितको ६७ प्रतिशत हो । 

शेयर गर्नुहोस:

0
Shares