मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

मंगलबार थपिए ६३८ संक्रमित, थप चारसहित ८३ जनाको मृत्यु

मंगलबार थपिए ६३८ संक्रमित, थप चारसहित ८३ जनाको मृत्यु


काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ६३८ जनामा कोरोना पुष्टि भएको छ । देशभरका २९ वटा प्रयोगशालामा गरिएको १० हजार ४६२ जनाको पिसिआर परीक्षणका क्रममा ६३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
 
मंगलबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार यससँगै कोरोना संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ । जसमा ७२०१ जना संक्रमित उपचाररत छन् । पछिल्लो समय कोरोना संक्रमण समुदायस्तरमा फैलिन थालेपछि १९ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।
 
मन्त्रालयका अनुसार पर्सा, रौतहट, महोत्तरी र काठमाडौँमा ५०० भन्दा बढी संक्रमित छन् । धनकुटा, सङ्खुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला गरी छ जिल्लामा संक्रमितको संख्या शून्य छ ।
 
प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणबाट थप चार जनाको मृत्यु भएको बताए । मृत्यु हुनेमा धनुषाको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचाररत विदेह नगरपालिका–८ का ६० वर्षीय पुरुष, धनुषाकै क्यान्सर अस्पतालमा काम गर्ने ५० वर्षीय पुरुष, सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–४ का ८४ वर्षीय पुरुष र काभ्रेकी ५० वर्षीया महिला रहेका छन् । नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८३ जना पुगेको छ ।
 
काठमाडौँ उपत्यकामा थप १३४ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौँमा ११०, ललितपुरमा १६ र भक्तपुरमा ८ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको हो । यससँगै उपत्यकाभित्र कोरोना संक्रमित हुनेको संख्या १२७७ पुगेको छ ।
 
मंगलबार पर्साका ७०, मोरङका ४२, सर्लाहीका ४१, बाराका ३९, रुपन्देही र सुनसरीका ३३-३३ जना, धनुषाका २४, रौतहटका २०, कपिलवस्तुका १८, प्युठानका १७, उदपयपुरका १६, सप्तरी र सिराहाका १३-१३, महोत्तरीका १२, धादिङका ११, झापाका १० र दाङका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
 
यस्तै, कास्की र सुर्खेतका ५-५ जना, काभ्रे ४, चितवन र नुवाकोटका ३-३ तथा पर्वत, सल्यान, दैलेख, बाग्लुङ, तनहुँ, नवलपरासी र ओखलढुंगाका २-२ मा संक्रमण देखिएको छ ।
 
यसैगरी, रामेछाप, धनकुटा, रुकुम पश्चिम, सिन्धुपाल्चोक, खोटाङ, स्याङ्जा, अछाम, अर्घाखाँची, दोलखा, इलाम, जाजरकोट, कालीकोट, पाँचथर, दार्चुला, बर्दिया, मकवानपुर र गोरखाका १-१ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ ।
 
प्रवक्ता डा गौतमका अनुसार हालसम्म चार लाख ६२ हजार ६९८ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल ११ हजार ५८ जना देशभरका क्वारेन्टाइनमा र ७२०१ जना आइसोलेसनमा रहेका छन् ।
 
त्यस्तै, मंगलबार एकै दिन कोरोना संक्रमण निको भई १७१ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १६ हजार ६६४ पुगेको छ । जुन कुल संक्रमितको ७० प्रतिशत हो ।

शेयर गर्नुहोस:

0
Shares