मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

नेपालमा थपिए ३७८ संक्रमित, थप तीनसहित ७३ जनाको मृत्यु

नेपालमा थपिए ३७८ संक्रमित, थप तीनसहित ७३ जनाको मृत्यु


काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ३७८ जनामा कोरोना पुष्टि भएको छ । देशभरका २९ वटा प्रयोगशालामा गरिएको ७७८८ जनाको पिसिआर परीक्षणका क्रममा ३७८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
 
शनिबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार यससँगै कोरोना संक्रमितको संख्या २२ हजार ५९२ पुगेको छ । जसमा ६२०६ जना संक्रमित उपचाररत छन् । पछिल्लो समय कोरोना संक्रमण समुदायस्तरमा फैलिन थालेपछि १६ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।
 
मन्त्रालयका अनुसार पर्सा, रौतहट, महोत्तरी र काठमाडौँमा ५०० भन्दा बढी संक्रमित छन् ।  खोटाङ, धनकुटा, सङ्खुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला गरी सात जिल्लामा संक्रमितको संख्या शून्य छ । 
 
प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको बताए । नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ७३ जना पुगेको छ ।
 
काठमाडौँ उपत्यकामा थप ६२ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौँमा ५६, ललितपुरमा ३ र भक्तपुरमा ३ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको हो । यससँगै उपत्यकाभित्र कोरोना संक्रमित हुनेको संख्या १००७ पुगेको छ ।
 
प्रवक्ता डा गौतमका अनुसार हालसम्म चार लाख ३५ हजार २८९ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल १० हजार ७९२ जना देशभरका क्वारेन्टाइनमा र ६२०६ जना आइसोलेसनमा रहेका छन् ।
 
त्यस्तै, शनिबार एकै दिन कोरोना संक्रमण निको भई ४९९ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १६ हजार ३१३ पुगेको छ । जुन कुल संक्रमितको ७२.४४ प्रतिशत हो ।                                                       

शेयर गर्नुहोस:

0
Shares